वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
दाहालको भ्रमणअघि भारतलाई किन बुझाइयो ‘मोस्ट वान्टेड’ नक्सलवादी नेता ?
Prabhu Bank AD

 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणअघि सरकारले भारतका विद्रोही नेतालाई पक्राउ गरी गोप्य रुपमा दिल्लीलाई ‘सुपुर्दगी’ गरेको हो।

नेपाल प्रहरीको विशेष ब्युरोले विराटनगर आसपासबाट पक्राउ गरी गोपलाई गत जेठ ७ गते गोप्य रुपमा दिल्ली प्रहरीलाई बुझाएको थियो।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहाल जेठ १७ गतेबाट चार दिने भारत भ्रमणमा जाँदैछन्।
टाउकाको मूल्य ३० लाख भारु तोकिएका ‘मोस्ट वान्टेड’ दिनेश गोप १३ महिनादेखि विराटनगर आसपास बसिरहेका थिए

भारतको झारखण्डमा सक्रिय प्रतिबन्धित नक्सलवादी संगठन पिपुल्स लिबरेसन फ्रन्ट अफ इन्डिया (पीएलएफआई) का प्रमुख दिनेश गोपलाई पक्राउ गरी नेपालले गोप्य रुपमा भारत समक्ष सुपुर्दगी गरेको छ।

गोप खुन्ती जिल्ला झारखण्ड निवासी वरिष्ठ नक्सालवादी नेता थिए। उनी डेढ दशकदेखि भूमिगत थिए।गोप १३ महिनादेखि विराटनगरमा पञ्जाबीको रुपमा ढाबा चलाएर बसेको पाइएको नेपाल प्रहरीको उच्च स्रोतले बताएको छ।

उनलाई भारत सरकारले ‘मोस्ट वान्टेड’ सूचीमा राखेको थियो। सरकारले उनको टाउकाको मूल्य ३० लाख भारु तोकेको थियो। भारत सरकारले उनीविरुद्ध आपराधिक कार्यमा संलग्न भएको आरोपमा एक सयभन्दा बढी मुद्दा दर्ता गरिसकेको छ ।

भारतीय सुरक्षाकर्मीले गोपलाई विगत १५ वर्षदेखि खोजिरहेको थियो। गोपलाई पक्राउपछि दिल्लीको ‘स्पेसल ब्युरो’लाई हस्तान्तरण गरिएको नेपाल प्रहरीको उच्च स्रोतले नेपालखबरलाई जानकारी दिएको छ।

यद्यपि, नेपाल प्रहरीले गोपलाई पक्राउ गरिएको बारेमा औपचारिक जानकारी दिएको छैन। भारतीय सञ्चारमाध्यमहरु इन्डिया पोस्टको अंग्रेजी संस्करण र इस्ट कोस्ट दैनिकले गोप पक्राउको खबरलाई प्रमुखताका साथ स्थान दिएका छन्। केही भारतीय सञ्चारमाध्यमले गोप नेपालमा पक्राउ परेको जनाएका छन् भने केहीले नेपालको सीमानजिकै त केहीले भारतमै पक्राउ परेको खबरहरु प्रकाशन गरेका छन्।

नेपालमा माओवादीले नेतृत्व गरेको सरकारले भारतीय माआवादी नेतालाई पक्राउ गरी सुपुर्दगी गरिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

भारतीय नक्सालवादी आन्दोलनबाट प्रभावित भई तत्कालीन नेकपा मालेले २०२८ सालमा झापा विद्रोह गरेको थियो। त्यसैको परिवर्तित रुप अहिलेको एमाले हो। वर्तमान प्रधानमन्त्री प्रचण्डले नेतृत्व गरेको नेकपा ९माओवादी केन्द्र०ले पनि नेपालमा १० वर्ष लामो जनयुद्ध गर्दा नक्सलवादी आन्दोलनलाई समेत उत्प्रेरक क्रान्ति मानेको थियो।

Prabhu Bank AD

सम्बन्धित खवर