वि.सं.२०८३ जेठ १८ सोमवार
Dish Home Long Ad
काठमाडौं महानगरपालिकामा थप सुरक्षित हुने दाबी
Prabhu Bank AD

 

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सीसीटिभी क्यामरा जडान कार्य थालेको छ । त्यसको निम्ति नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । सीसीटिभी क्यामरा जडान र सञ्चालनको निम्ति महानगरपालिकाले नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ दिन लागेको बताइएको छ ।

शहरको शान्तिसुरक्षा, अपराध नियन्त्रण, दुर्घटना, फोहोरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, सार्वजनिक सम्पत्तिको उपयोगजस्ता शहरी सुशासन र महानगरपालिकाको कार्य सम्पादनलाई सूचना प्रविधिमा आबद्ध गर्ने उद्देश्यले क्यामरा जडान गर्न लागिएको महानगरले जनाएको छ ।

काठमाडौंका मेयर बालेन्द्र शाहको रोहबरमा प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार ५० प्रतिशतले हुन आउने तीन करोड रुपैयाँ आगामी १५ दिनभित्र उपलब्ध गराइनेछ । त्यस्तै, बाँकी रकम कार्य सम्पादन भएपछि भुक्तानी गरिने बताइएको छ । मेयर बालेनले शहरी व्यवस्थापनमा निगरानी राख्न महानगरभित्रै सीसीटिभी निगरानी कक्ष स्थापना गर्नुपर्नेमा जोड दिएका छन् ।

महानगरले गृह मन्त्रालयबाट जारी भएको ‘सीसीटिभी जडान तथा सञ्चालनसम्बन्धी कार्यविधि’ अनुसार अघि बढ्ने जनाएको छ । सीसीटिभी रिङ नेटवर्क टोपोलोजी, भिडियो व्यवस्थापन प्रणाली, मर्मत सम्भार तथा निगरानीका लागि छुट्टै योजना तयारी पारिने बताइएको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर