ह्वाट्सएपको कम्पेनियन मोड फिचर हाल सबै एन्ड्रोइड बिटा टेस्टरहरुका लागि उपलब्ध रहेको बताइएको छ । यो फिचर एउटा ह्वाट्सएप अकाउन्टलाई एउटा अतिरिक्त फोनमा पनि लगइन गर्ने अनुमति दिन्छ ।
अर्थात् यसबाट दुईवटा मोबाइल फोनमा एउटै ह्वाट्सएप अकाउन्ट चलाउन सकिनेछ । ह्वाट्सएपले पछिल्लो केही समयदेखि यो फिचरमा काम गरिरहेको छ ।
कुनै नम्बर विना नै सेभ गरिएका ह्वाट्सएपमा कसैलाई मेसेज गर्न वा सेभ गरिएका नम्बरलाई एडिट गर्नु निकै कठीन काम हो । त्यहीँ कठिनाईलाई हटाउनका लागि ह्वाट्सएपले कन्ट्याक्ट एडिट फिचर ल्याएको छ ।
यो फिचरको मद्धतबाट फोन नम्बरहरुलाई सेभ गर्नका लागि सहज हुनेछ । ह्वाट्सएपको यो नयाँ फिचर पनि बिटा भर्सनमा देखिएको छ ।
यो अपडेटसँगै अब कुनैपनि कन्ट्याक्टलाई सम्पादन गर्नका लागि ह्वाट्सएपको एपभन्दा बाहिर निस्किनु आवश्यक हुनेछैन । हालसम्म कुनैपनि फोन नम्बर वा नामलाई ह्वाट्सएपभित्रै सच्चाउन सकिने सुविधा छैन ।

