वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
शिक्षण पेसा त्यागेर एक दशकदेखि किवी खेतीमा अम्बिका
Prabhu Bank AD

काठमाडौँ । खोटाङ दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ खिरौलेकी अम्बिका राई एक दशकदेखि किवी खेतीमा रमाएकी छिन् । एमएड पास गरेकी उनले यसअघि शिक्षण पेसा गर्दै आएकी थिइन
युवाहरूलाई आकर्षित गर्न शिक्षण पेसा छाडेर कृषि क्रान्ति गर्न थालेको उनले बताइन् ।

किवी अन्य वाली जस्तो प्रत्येक वर्ष लगाइरहनु पर्दैन। एक पटक रोपेपछि करिब २० वर्षसम्म फल दिन्छ। त्यसैले, किवी खेती नै रोजेको उनको भनाइ छ । एलिसन, हेवार्ड, मुन्टी ब्लुनो र रेड लगायतका प्रजातिका किवी उनको फार्ममा छ।

उनको सानैदेखि कृषिमा धेरै रुचि थियो । कक्षा ६ मा पूर्वव्यावसायिक शिक्षा विषय पढ्न थाल्दादेखि नै कृषिमा प्रेरित भइन् । फलस्वरूप काउली, बन्दा, गाजर, मुला, अकबरे खुर्सानी खेती गरेर परिवारलाई घर खर्चमा सघाएको उनी सम्झिन्छिन् ।

जागिरबाट आएको रकम उनले किवी खेतीमा लगानी गरिन् । बिस्तारै लगानी बढाउँदै अहिले ४५ रोपनी जग्गामा खेती बिस्तार भएको छ, जसमा ३५ लाख भन्दा बढीको लगानी भएको छ ।
‘किसान करोड पत्ति’ शीर्षकको जीवन राईको लेख पढेपछि आफ्नो जिन्दगीमा यू टर्न आएको उनको भनाइ छ ।त्यसमा एक बोटमा एक सय २० केजीसम्म किवी फल्ने जानकारी थियो । भन्छिन्, ‘त्यही लेखबाट प्रभावित भएर शिक्षण पेसालाई गुडबाई गर्दै २०७० सालदेखि व्यवसायिक किवी खेती सुरु गरें ।’ अम्विका अहिले पनि प्राय: कृषिसँग सम्बन्धित समाचार मात्र पढ्न रुचाउँछिन् ।

युवाहरु सबै विदेश पलायन हुने अनिगाउँतिरको जग्गा जमिन बाँझो हुँदै गएपछि उनी एक्लैले खोटाङको आफ्नै गाउँमा किवी व्यवसाय सुरु गरिन् ।

५ बोटबाट सुरुवात
अम्बिकाले सुरुमा डा। सुरेन्द्र पाण्डेबाट ५ बोट किवीको बिरुवा ल्याएर रोपिन् । रोपेको दुई वर्षपछि फल्न थाल्यो ।त्यस बेला किवीको मूल्य पनि १२ सय प्रतिकेजी थियो । त्यसैले, उनलाई जागिर खानुभन्दा कृषि क्षेत्रमा लाग्नु उचित लाग्यो ।

जागिरबाट आएको रकम उनले किवी खेतीमा लगानी गरिन् । बिस्तारै लगानी बढाउँदै अहिले ४५ रोपनी जग्गामा खेती बिस्तार भएको छ, जसमा ३५ लाख भन्दा बढीको लगानी भएको छ ।

अहिले त उनलाई शिक्षक भन्दा कृषि पेसा नै ठिक लाग्छ । तर, लगानी गरेअनुसार किसानले किवीको उचित मूल्य पाउन नसक्दा भने मन दुख्छ । उनको भनाइमा अहिले १ सय ५० रुपैंयामा पनि किवी विक्री हुन मुस्किल छ । उनको फर्ममा अझै ६ सय केजी भन्दा बढी किवी विक्री हुन बाँकी छ।

खोटाङ दिप्रुङ चुईचुम्मा गाउँपालिकामा उनले सबैभन्दा पहिला किवी खेती सुरु गरेका थिइन् । त्यसैले, अम्बिकालाई त्यस क्षेत्रमा किवीको अगुवा कृषकको रूपमा चिनिन्छ ।उनले गाउँलेलाई बिरुवा दिइन् । अहिले तगाउँमा किवी नभएको कुनै घर छैन। अहिले उनलाई ‘किवी नाना’ उपनामले चिनिन्छ ।

‘यो काठमाडौँ भनेको चाहिँ बिचौलियाले खाएको ठाउँ रहेछ,’ उनले भनिन्, ‘सानोतिनो व्यापारीले नसक्ने रहेछ। अब म अर्को वर्ष काठमाडौँमा व्यापार गर्न आउँदिन, मलाई पुग्यो।’
कम जनशक्तिले नै किवी खेतीबाट आम्दानी गर्न सकिने र यहाँको हावापानी पनि किवीको लागि अत्यन्तै उपयुक्त रहेकाले बिस्तारै गाउँलेहरू व्यावसायिक किवी खेतीतर्फ आकर्षित बन्दै गएको उनको भनाई छ ।

‘मेरो यो खेती सुरु गरेको बेलामा घरमा कसैले सहयोग गरेन। अम्बिकाले के–को लहरा ल्याएर रोपेर बारी बिगार्न लागेको भनेर आमा बाबाले गाली गर्थे,’ उनले पुराना दिन सम्झिइन्, ‘यत्रो मकै, आलु फल्ने बारीमा यो के रोपेको भनेर गाली गरे । पछि फल दिन थालेपछि गाउँकाले प्रतिकेजी ५ सय रुपैंयाले पनि खान थाले ।’अहिले सबैको घरमा किवीको बोट देख्दा उनी दङ्ग छिन् ।

मूल्य पाउनै मुस्किल
अहिले नेपालमा किवी व्यापक खेती भइसकेको छ। तर, बजारमा अहिले आयात बढ्दै गएकाले किवीको मूल्य पाउन मुस्किल भएको छ । करिब एक दशकअघि उनले १२ सय रुपैंया प्रतिकेजी किवी विक्री गरेको तर अहिले बजारमा १५० रुपैंया प्रति केजीको दरले पनि किवी विक्री हुन मुस्किल हुँदा दिक्क पनि लाग्छ ।

यसअघि उनले धरान र इटहरीमा लगेर किवी विक्री गर्दै आएकोमा यस पटक भने उनले काठमाडौँमा पनि किवी विक्री गर्न ल्याइन् तर किवी अझै किवी विक्री हुन सकेको छैन।

‘यो काठमाडौँ भनेको चाहिँ बिचौलियाले खाएको ठाउँ रहेछ,’ उनले भनिन्, ‘सानोतिनो व्यापारीले नसक्ने रहेछ। अब म अर्को वर्ष काठमाडौँमा व्यापार गर्न आउँदिन, मलाई पुग्यो।’

किवी खेतीलाई टेको दिन उनलाई अहिले पैसा अपुग छ। धेरै पटक किवीमा अनुदान पाउन प्रपोजल पेश गरेको तर कसैले पनि नसुनेकोमा उनको दुखेसो छ । किवी खेती गर्न अनुदान दिन सरकारसँग उनको आग्रह छ ।

 

 

 

 

Prabhu Bank AD

सम्बन्धित खवर