काठमाडौँ । तनहुँ क्षेत्र नम्बर १ मा आगामी वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य गोविन्द भट्टराई उम्मेदवार बन्ने पक्का भएको छ।
मंसिर ४ को निर्वाचनमा विजयी रामचन्द्र पौडेल राष्ट्रपति भएसँगै खाली भएको तनहुँ १ मा हुन गइरहेको उपनिर्वाचनका लागि उनी भट्टराई उम्मेदवार बन्ने पक्का जस्तै भएको हो।
कांग्रेसका वरिष्ठ नेता पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त भएको तनहुँ–१ का लागि तयारी गर्न भट्टराईलाई सभापति शेरबहादुर देउवाले निर्देशन दिइसकेका छन्।

