वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
पाँच हजारभन्दा बढी शिक्षक दरबन्दी खाली
Prabhu Bank AD

 

काठमाडौं । सर्लाहीका सामुदायिक विद्यालयमा पाँच हजारभन्दा बढी शिक्षक कर्माचारीको दरबन्दी खाली छ । जिल्लामा चार सय ७८ सामुदायिक विद्यालय रहेकामा पाँच हजार तीन सय १७ शिक्षकको दरबन्दी खाली छ ।

जिल्लामा चार सय ७८ सामुदायिक विद्यालय रहेकामा दुई हजार तीन सय ८८ शिक्षक कार्यरत छन् भने पाँच हजार तीन सय १७ शिक्षकको दरबन्दी खाली रहेको शिक्षा विकास तथा समन्वय एकाइ सर्लाहीका प्राविधिक सहायक सुनिल कुशवाहले जानकारी दिए ।

त्यस्तै विद्यालय सहायक परिचर चार सय ७८, विद्यालय सहयोगी कर्मचारी ८६ तथा निजी स्रोतका शिक्षक एक सय आठ दरबन्दीमा कार्यरत रहेका उनले बताए । जिल्लामा रहेका चार सय ७८ सामुदायिक विद्यालयमा पाँच हजारभन्दा बढी जनशक्ति कार्यरत रहे पनि सामुदायिक विद्यालयको अवस्था दिनानुदिन खस्कँदो छ ।

जिल्लामा रहेका चार सय ७८ सामुदायिक विद्यालयमा दुई हजार नौ सय ३९ शिक्षकको दरबन्दी अतिआवश्यक रहेको कुशवाह बताउछन् । रिक्त शिक्षक दरबन्दी पदपूर्ति नहुँदा सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा प्रवाह गर्न नसकेको गुनासो आउने गरेको उनको भनाइ छ । जिल्लामा अधिकांश सामुदायिक विद्यालयमा तहगत शिक्षक, विषयगत शिक्षक र विद्यार्थी तथा शिक्षकको अनुपात मिलान नहुँदा शिक्षा र अध्यापनमा सुधार हुन सकेको छैन ।

बीस स्थानीय तह रहेको सर्लाहीमा हरेक स्थानीय तहमा १० भन्दा बढी सामुदायिक विद्यालय छन् । सामुदायिक विद्यालयको गुणस्तर खस्किँदो अवस्थामा रहेका कारण विद्यार्थी सङ्ख्या न्युन हुँदै गएको छ । केही विद्यालयमा विद्यार्थी सङ्ख्या धेरै रहेको भए पनि शिक्षकको अभाव छ । केही विद्यालयमा शिक्षक मात्र छन भने केहीमा विद्यार्थी नै नभएको अवस्था छ ।

 

Prabhu Bank AD

सम्बन्धित खवर