वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
अनुचित नाफा लिने लघुवित्तलाई कारबाही र मर्कामा परेका ऋणीलाई राहत दिनुपर्छ : गगन थापा
Prabhu Bank AD

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले बदनियतका साथ काम गर्ने लघुवित्त संस्थाहरूलाई कारबाही गर्न माग गरेका छन्।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले वित्तीय साक्षरतालाई स्थानीय तहसँग साझेदारीमा तल्लो तहसम्म लैजानुपर्ने पनि बताए।

लघुवित्त संस्थाले अति न्युन आय भएका गरिबलाई झन् गरिबीमा पुर्‍याएको उनको भनाइ छ।

‘अति न्युन आय भएका गरिबलाई गरिबीको आहालबाट निकाल्नका लागि काम होला भनेको कयौं लघुवित्तका कारणले गर्दा गरिब थला पर्न पनि नसक्ने गरिकन थला परेका छन्,’ सांसद थापाले भने।

उनले अनुचित नाफा कमाउन जे पनि गर्ने लघुवित्त संस्थाहरूलाई कारबाही गरिनुपर्ने बताए।

‘तत्काल गर्जो टार्न जहाँबाट जस्तो भए पनि ऋण लिने ग्राहक र अनुमति दिँदा हात फैलाउने र सुपरिवेक्षण गर्दा मुठ्ठी कस्ने राष्ट्र पनि यसको जिम्मेवार छन्,’ उनले भने, ‘यही कारणले गर्दा लघुवित्तको संकट देखिएको हो।’

उनले लघुवित्तका कारण मर्कामा परेकालाई राहत दिइनुपर्ने पनि बताए। ‘मर्कामा परेकालाई राहत दिनुपर्छ। बदनियतसाथ काम गर्ने लघुवित्त संस्थालाई कारबाही गर्नुपर्छ,’ उनले भने।

सांसद थापाले एउटा ऋणीलाई एक मात्र संस्थाबाट ऋण लिन पाउने प्रावधान राख्न पनि नेपाल राष्ट्र बैंकलाई आऊरह गरेका छन्।

 

Prabhu Bank AD

सम्बन्धित खवर