वि.सं.२०८३ वैशाख ५ शनिवार
Dish Home Long Ad
भेटघाट, छलफल र प्रयास राजनीतिमा हुन्छ, बाबुरामलाई उल्लु नबनाउनुस्
Prabhu Bank AD

वैकल्पिक राजनीतिक शक्तिका अभियानता पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले अब आफू कुनै कम्युनिष्ट पार्टीमा नजाने बताएका छन् । मंगलबार साँझ सेतोपाटीसँग संक्षिप्त कुराकानी गर्दै भट्टराईले समाजवादी केन्द्र निर्माण आफ्नो लक्ष्य भएको बताएका छन् ।

मंगलबार बिहान नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेपछि धेरै उनी फेरि माओवादीमा फर्किन लागेका हुन् कि भन्ने अनुमान राजनीतिक बजारमा चलाएको छ ।

‘म अब कम्युनिष्ट पार्टीमा जान्नँ,’ भट्टराईले भने,‘मेरो लक्ष्य समाजवादी केन्द्र बनाउने हो । त्यही शिलशिलामा आज प्रचण्डजीसँग कुरा भएको हो । सामान्य छलफल भयो।’ समाजवादी केन्द्र बनाउन आफूले प्रस्ताव गरेको र प्रचण्डले चुनाव पनि आउँदैछ के गर्ने भनेको उनले बताए। ‘उहाँहरू कम्युनिष्ट पार्टी छोड्न तयार हुनुहुन्न,’ भट्टराईले भनाईछ ।

समाजवादी केन्द्र बनाउनेबारे आफूले माधवकुमार नेपाल, झलनाथ खनाल, केपी शर्मा ओली, वामदेव गौतमसँग पनि कुरा गरेको भट्टराईले बताए । मेरो यो भेटघाट क्रम अहिले मात्र होइन पहिलेदेखि नै हो । अरुले पनि गर्छन् । मेडियाले अनावश्यक बेचीखाने भाँडो बनाई रहेको छ । यो गलत छ ।‘म सबैसँग छलफलकै क्रममा छु,’ उनले थपे ।

Prabhu Bank AD

सम्बन्धित खवर