१९ फागुन, काठमाडौं । पुल्चोकका दाउरा थकालीमा आगलागी भएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार अहिले भर्खरै आगलागी भएको हो ।आगो नियन्त्रणमा लागि टोली परिचालन भइसकेको उनले बताए ।
थप विवरण आउन बाँकी छ ।मंगलबार दिउँसो पौने ४ बजेतिरदेखि आगलागी सुरु भएको हो। अहिले आगलागी नियन्त्रणका लागि दमकल पुग्दैछ । आगलागी कसरी भयो भन्नेबारे खुलिसकेको छैन।

