काठमाडौं २९ बुधबार । जसपा नेपालका केन्द्रीय सदस्य साधु यादवले उपेन्द्र यादव काला सर्प रहेको तर्क गरेका छन् । काठमाडौंको रोयल जडिबुटी बैंकटमा आयोजित डाक्टर बाबुराम भट्टराई नेतृत्वको जसपाका केन्द्रीय समितिको बैठकमा उनले आफ्नो धारणा राखेका थिए ।
सम्बोधनको क्रममा उनले भने, उपेन्द्र यादव साच्चै काला नाग हुन् । उसले मधेसी दललाई सयौं टुक्रा बनाएर मधेस मुद्दा र बलिदानलाई अन्तिम सास फेर्दै बेचेर खाई रहेको बेला डाक्टर बाबुराम भट्टराईले उसको साथमा वैकल्पिक राजनीतिक सहकार्य अगाडि बढाउनु गलत रहेको तर्क समेत गरे ।
उपेन्द्र यादव रंगको मात्र कालो छैन्, भित्रको कालो छ । उसलाई मधेस चाहेको छैन् । असल राजनीति पनि चाहिएको छैन् । मधेसमा पहाडीया बाहुन बनेर मधेस मुद्दालाई बेचेर खानुछ । आफ्नो जातमा पनि आसेपासे भए पुग्छ । बाँकी यादवलाई पनि लात हानेर हिडिरहेका छन् । अरु समुदाय र विविधतालाई आफ्नो भन्दा माथि नेतृ स्वीकार्ने चरित्रको छैन् । यादवी जमिदनदारी शैली छ । टिकरिमबाजी गरेर मात्र मधेसमा बाँचेका छन् ।

