वि.सं.२०८३ जेठ २० बुधवार
Dish Home Long Ad
बजारमा ग्यासको अभाव
Prabhu Bank AD

बजारमा ग्यास अभाव भएको गुनासो उपभोक्ताबाट आउन थालेको छ । नियमित किन्ने गरेको ठाउँमा बिक्रेताले खालिहात पठाउने गरेका उपभोक्ताहरूले बताउन थालेका छन् ।

बिहीबार व्यवसायीहरूले पत्रकार सम्मेलन गर्दै ग्यास आयात नगर्ने चेतावनी दिएसँगै डिलरहरूमा ग्यास पाइन छाडेको हो ।

उनीहरूले माघ ३० गते नेपाल आयल निगमबाट वस्तु डेलिभरी, अर्डर तथा खरिद नगर्ने पनि बताएका थिए । साथै फागुन १ देखि ५ गतेसम्म सबै ग्यास उद्योगले विरोधका कार्यक्रमबारे प्रचारप्रसार गर्ने, ६ गतेदेखि भारतीय आयल निगम ९आईओसी० बाटोमा ग्यास बुलेट लोड गर्न नदिने कार्यक्रमको तयारी गरिएको छ ।

यसैगरी १२ गते ग्यास लोड भएर आएका कुनै पनि बुलेटहरू भन्सार नाकाबाट छुट्न नदिने, १८ गतेदेखि सबै एलपी ग्यास उद्योग बन्द गर्ने र २२ गते देशभरका ग्यास बिक्रेता डिपोहरू बन्द गराउने जानकारी दिएका थिए ।

यसकै प्रभावका कारण डिपोहरूमा ग्यास पाइन छाडेको हो । तर, नेपाल ग्यास बिक्रेता महासंघका निवर्तमान अध्यक्ष चन्द्र थापा ग्यास व्यवसायीहरूले ग्यास आयात तथा बिक्री नरोकेको बताउँछन् । ‘अहिले होइन १ गतेबाट भन्ने छ तर १५ दिनसम्म ग्यास आउँछ । आत्तिनुपर्ने अवस्था छैन ।’ तर अहिले ग्यास नआएको भने भन्न नमिल्ने उनले बताए ।

बन्दको घोषणा भएपछि उपभोक्तामा अन्योलता सिर्जना भएर डिलरमा चाप भने बढेको हुन सक्ने उनले बताए ।

ग्यास व्यवसायीहरूको सञ्चालन खर्च बढेको कारण काम गर्न नसक्ने अवस्था सिर्जना भएपछि सरकारको ध्यानाकर्षण गराउन पत्रकार सम्मेलनमार्फत बन्दको घोषणा गरेको थियो ।

Prabhu Bank AD

सम्बन्धित खवर