वि.सं.२०८३ जेठ २० बुधवार
Dish Home Long Ad
अमेरिकी राष्ट्रपति बाइडेन र इजरायली प्रधानमन्त्रीबिच युद्धविराम छलफलबारे
Prabhu Bank AD

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग गाजा युद्धविराम र बन्धकहरूको रिहाइमा जारी वार्ताको बारेमा छलफल गरेका छन्। यो वार्ता डोनाल्ड ट्रम्प राष्ट्रपति बन्नुअघि सहमतिमा पुग्ने अन्तिम प्रयासको हिस्सा हो।

ह्वाइट हाउसका अनुसार फोन वार्ताका क्रममा राष्ट्रपति बाइडेनले हमासद्वारा बन्धक बनाएकाहरूको रिहाइ र तत्काल युद्धविराम गर्न जोड दिएका थिए।

राष्ट्रपति बिडेनले गाजामा मानवीय सहायता बढाउनु पर्ने आवश्यकताबारे पनि जोड दिएका छन्।

यो वार्ता नेतान्याहुको बयानपछि भएको हो जसमा नेतान्याहुले आफूले वार्ताका लागि कतारमा वरिष्ठ प्रतिनिधिमण्डल पठाएको बताएका थिए ।

डोनाल्ड ट्रम्पले राष्ट्रपति कार्यालयमा पुग्नुअघि नै बन्धकहरूलाई रिहा नगरे ‘विपत्ति हुनेछ’ भनेर यसअघि नै भनिसकेका छन् ।

 

Prabhu Bank AD

सम्बन्धित खवर