काठमाडौं । नेपाली सेनाको महाविर रेन्जर गण र अमेरिकी सेनाबचि ‘टिक नेल’ नाम दिइएको तालिम सुरु भएको छ । यो तालिम अप्रिल २१ देखि मे १९ सम्म सञ्चालन हुनेछ । नेपाल सेनाको महावीर रेन्जर गणमा अधिकांश अमेरिकामा तालिम प्राप्त सैन्य जवानहरु रहेका छन् ।
यो तामिममा नेपाली सेनाका २४ जना र अमेरिकी सेनाका ९ जना गरी ३३ जना सहभागी रहेको सैन्य हेटक्वार्टरले जानकारी दिएको छ ।
यो तालिम अहिले महावीर रेन्जर गण छाउनीमा भइरहेको छ र नगरकोट लगायत काठमाडौं उपत्यका वरिपरिकै डाँडाहरुमा हुने पनि स्रोतले जनाएको छ । यो तालिममा कम्ब्याट सर्च एण्ड रेक्यू, नेभिगेसन, सैन्य कला, हतियार चलाउन सिकाउने, हिली एरियामा स्काई ट्रक तथा अन्य हवाई सैन्य एअरक्राफ्ट आकस्मिक ल्याण्डिङका निम्ति एअरपोर्ट कसरी तयार पार्ने, लगायतका सैन्य तालिम हुने पनि स्रोतले जानकारी दिएको छ ।
यो तालिम टिक नेलको १३ औं श्रृङखला हो । यस्तै प्रकृतिका १२ वटा सैन्य तालिम यसअघि भइसकेका छन् । यस तालिमको उद्घाटनमा अमेरिकी राजदूत पनि सहभागी भएर मन्तव्य राखेका थिए ।

