वि.सं.२०८३ जेठ १६ शनिवार
Dish Home Long Ad
आँफूजल्नु अघि नै पासवानले स्वीकारे रुवीको हत्या
Prabhu Bank AD

 

काठमाडौ। रौतहटकी रुवी साहको हत्या आरोपी लक्ष्मण पासवानले आफ्नो शरीरमा आगो लगाउनु अघि भिडियो बनाएर फेसबुकमा पोष्ट गरेको पाइएको छ । सो भिडियोमा उनले रुवीको हत्या आफूले नै गरेको स्वीकार गरेको हो ।

‘रुवीलाई मारेदेखि मेरो हात काँपिरहेको छ । मेरी ज्यान मरिसकेकी छन् । म बाँचेर के गर्नु । पक्राउ परे जेल जानुपर्छ । १०–१५ वर्ष सजाय भोग्नुपर्छ’ उनले भिडियोमा भनेका छन् ।

उनले रुवीसँगको प्रेमसम्बन्धबारे पनि धेरै कुराहरु खुलाएका छन् । उनले हत्या अघि रुवी व्युटी पार्लरबाट आफ्नो कोठामा आएको र एकअर्का बिना बाँच्न नसक्ने सम्वाद भएको पनि खुलाएका छन् । ‘मैले भनेँ मलाई मार, उनले भनिन् मलाई मारिदेऊ,’ उनले भनेका छन् । स्कुलको बेलादेखि आफूहरुबीच सम्बन्ध रहेको र अदालतमा गएर बिहे गरेको उनले बताएका छन् । तर आफू गरिब भएकाले पारिवारिक तनावमा परेकाले रुवीको हत्या गरेको बताएका छन् ।

गत शनिबार राति १० बजेतिर गौर–सिरसिया सडकखण्ड अन्तर्गत गौर नगरपालिका–९ मुडवालगेटस्थित सडकमा भेटिएको बेवारिसे सुटकेसभित्र २६ वर्षीया रुवी साहको शव भेटिएको थियो । माधव नारायण नगरपालिका– २ माधवपुर माइत र भारतको मुजफरपुर घर भएकी रुवी गौरमा डेरा लिएर बसेर ४ वर्षीया छोरालाई पढाउँदै आएकी थिइन् । लक्ष्मणको घर रुवीको माइत टोलमै छ । रुवी–लक्ष्मणबीच पहिले प्रेम सम्बन्ध थियो । रुवीको गौरकै एक घरमा हत्या गरेर एक रिक्सामा राखेर शव फाल्न लगाइएको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणी गिरीका अनुसार हत्याका मुख्य आरोपी पासवान आफ्नो शरीरमा आफैंले आगो लगाएको अवस्थामा माधव नारायण नगरपालिका–६ स्थित नहर अगाडि आज बिहान भेटिएका छन् । उनलाई नियन्त्रणमा लिएर प्रहरीले अस्पताल पठाएको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर