वि.सं.२०८३ जेठ १६ शनिवार
Dish Home Long Ad
गोसाइँकुण्डमा स्नान गर्ने क्रममा बेपत्ता दाजुभाइ मृत फेला
Prabhu Bank AD

 

काठमाडौं । रसुवाको तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा बेपत्ता भएका दाजुभाइ मृत फेला परेका छन् ।

गोसाइँकुण्डमा स्नान गर्ने क्रममा आइतबार विराटनगर महानगरपालिका ३ ढाटका २६ वर्षीय सुजन ढकाल र बेलबारी नगरपालिका–११ का २८ वर्षीय मनोज न्यौपाने बेपत्ता भएका थिए ।

उनीहरू दाजुभाइ मामा –फुपुका छोराहरू हुन् । सोमबार बिहान १० बजे मृत अवस्थामा उनीहरू फेला परेको प्रहरीले जनाएको छ ।

मृत भेटिएका दाजुभाइको शव काठमाडौं ल्याउने प्रयास भइरहेको मृतकका दाजु विवेक मिश्रले जानकारी दिए । उनका अनुसार मनोज काठमाडौं बस्दै आएका थिए । विराटनगरस्थित घरमा बस्दै आएका सुजन केही दिनअघि काठमाडौं गएका थिए । काठमाडौंबाट साथीभाइसँग उनीहरू १० साउनमा गोसाइँकुण्ड गएका थिए । आइतबार गोसाइँकुण्डमा स्थान गर्ने क्रममा दुवै बेपत्ता भएका थिए ।

एक जना चिप्लिएपछि अर्का उद्दार गर्न गएका थिए । उद्धार गर्न खोज्दा दुवै जना बेपत्ता भएका थिए । ‘एक जना भाइ नुहाउने क्रममा चिप्लिएपछि अर्का भाइ उनको उद्धार गर्न गएका थिए, यस्तो घटना भयो,’ दाजु विवेकले भने ।

 

Prabhu Bank AD

सम्बन्धित खवर