वि.सं.२०८३ जेठ १९ मंगलवार
Dish Home Long Ad
खर्ब बढीका दुई जलविद्युत परियोजना
Prabhu Bank AD

देशमा विदेशी लगानी भित्र्याउने लक्ष्यसहित आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनमा जलविद्युत परियोजनाको बाहुल्यता देखिएको छ । यही वैशाख १६ र १७ मा आयोजना हुने तेस्रो लगानी सम्मेलनमा प्रस्तुत हुने परियोजनाको सूचीमा अधिकांश जलविद्युत आयोजना समेटिएका हुन् ।

नेपालमा कृषि, सूचना प्रविधि, पर्यटन र जलविद्युत क्षेत्रको सम्भावना रहेको सरोकारवालाहरू बताउँदै आएका छन् । पूर्व अर्थमन्त्री डा। प्रकाशशरण महतले ‘भाइब्रेन्ट गुजरात’मा सहभागिता जनाउँदै यी ४ क्षेत्रमा उच्च सम्भावना रहेको बताएका थिए ।

यस्तै, अर्थमन्त्री वर्षमान पुनले समेत यी चार क्षेत्र नै लगानीको उच्च सम्भावित क्षेत्र भएको बताउँदै आएका छन् ।

यीमध्ये नेपालमा पछिल्लो समय सूचना प्रविधिको क्षेत्रले निरन्तर फट्को मार्दैछ । यस्तै, कोरोना महामारीका कारण थलिएको पर्यटन क्षेत्र पुनः गुल्जार बन्दैछ । यसबाहेक जलविद्युत उत्पादन सुरु भएको एक शताब्दीपछि नेपाल ‘नेट एक्पोर्टर’ बनेको छ । अर्थात् नेपालले विदेशबाट किन्ने बिजुलीको तुलनामा धेरै निर्यात भइरहेको छ ।

चालु आर्थिक वर्ष २०८०र०८१ को यो अवधिसम्ममा भारततर्फ १६ अर्ब रुपैयाँ हाराहारीको बिजुली निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भारतबाट आयात हुनेभन्दा धेरै निर्यात हुन थालेको बताउँछन् । प्राधिकरण नेपालबाट भारततर्फ बिजुली बेच्ने र भारतबाट किन्ने अधिकार पाएको एक मात्र संस्था हो ।

चालु वर्षको साउनदेखि मंसिरसम्मको अवधिमा बढीमा साढे ६०० मेगावाटसम्म बिजुली भारत निर्यात भयो । यस्तै, जेठ अन्तिम वा असार पहिलो सातादेखि अन्तिम सातासम्म पुनः निर्यात सुरु हुनेछ । अर्थात् वर्षा याममा नेपालबाट विदेशतर्फ निर्यात हुन्छ र सुक्खायाममा फेरि आयात गर्नुपर्छ ।

अघिल्लो वर्षसम्ममा बढी भएको बिजुली भारतले नकिन्ने अड्कलबाजी गरिँदै आएको थियो । जुन, यही वर्ष नेपाल–भारतबिच सम्पन्न दीर्घकालीन विद्युत् व्यापार सम्झौताले यो अड्कलबाजीमा पूर्णविराम लगाइदिएको छ । नेपाल र भारत सरकारबिच आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली किनबेचको सम्झौता भइसकेको छ ।

पछिल्ला वर्षहरूमा धमाधम नेपालमा जलविद्युत उत्पादनको वातावरण निर्माण भइरहेको छ । यसैबिच ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी १२ वर्षमा २८ हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य तय गरेका छन् । यो लक्ष्य भेट्टाउनका लागि कम्तीमा ४६ खर्ब लगानी चाहिने स्वयं मन्त्री बस्नेत बताउँछन् ।

सरकारले तय गरेको २८ हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य भेट्टाउन चाहिने लगानी नेपालबाट मात्रै सम्भव नहुने निजी क्षेत्र बताउँछ । यतिबेला निजी क्षेत्र बिजुली उत्पादन गर्ने सूचीमा अग्रणी स्थानमा छ । राष्ट्रिय प्रसारण लाइनमा कुल २८ मेगावाट बिजुली जोडिएको छ । यसमध्ये २२ मेगावाट बिजुली निजी क्षेत्रबाटै उत्पादित छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था ९इप्पान०का अध्यक्ष गणेश कार्की आन्तरिक लगानीले मात्रै हजारौँ मेगावाट बिजुली उत्पादन गर्न नसक्ने बताउँछन् । तर भारतमा खुलेको अपार बजारका कारण यो क्षेत्रमा विदेशी लगानीकर्ता आकर्षित बन्न सक्ने कार्की बताउँछन् ।

यही कारण पनि लगानी सम्मेलनमा अधिकांश जलविद्युतसँग सम्बन्धित परियोजना समेटिएका छन् । र, ती परियोजनाको कुल लागत खर्ब रुपैयाँभन्दा माथि छ ।

खर्ब माथिका २ परियोजना– ११ वटामा आशयपत्र मागिने, एउटाको पीडीए तयारी
सम्मेलनमा १० वटा जलविद्युतसँग सम्बन्धित परियोजनामा आशयपत्र मागिनेछ । जसमध्ये दुई वटा खर्ब रुपैयाँभन्दा माथिका परियोजना छन् । सम्मेलनमा प्रस्तुत गरेर आशयपत्र माग्ने परियोजनाको सूचीमा खिम्ती ठोसे शिवालय जलाशययुक्त हाइड्रोपावर छ । १२१६ मेगावाट क्षमताको यो आयोजनाको लागत २ खर्ब ११ अर्ब अनुमान गरिएको छ ।

यस्तै, कालीगण्डकी–२ जलाशययुक्त परियोजनाको लागत समेत १ खर्ब रुपैयाँभन्दा माथि छ । ६५० मेगावाट क्षमताको यो परियोजनाको कुल लागत १ खर्ब ७४ अर्ब अनुमान गरिएको छ । यस्तै ३२७ मेगावाट क्षमताको अप्पर मर्स्याङ्दी–२ परियोजना विकास सम्झौता ९पीडीए०को तयारीमा लगानी बोर्ड छ । यो परियोजनाको लागत अनुमान ८६ अर्ब ६ करोड रुपैयाँ ९आजको मितिमा० गरिएको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर