वि.सं.२०८२ फागुन २० बुधवार
Dish Home Long Ad
मध्यपूर्वको लागि परराष्ट्र सचिवको संयोजकत्वमा ‘इमर्जेन्सी रेस्पोन्स टिम’ गठन, १० वटा देशमा यस्तो छ नेपालीको अवस्था
Prabhu Bank AD

 

काठमाडौं । परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा पछिल्लो परिस्थितिको निरन्तर अनुगमन, आवश्यक समन्वय र उद्धार कार्यका लागि परराष्ट्र सचिवको संयोजकत्वमा ‘इमर्जेन्सी रेस्पोन्स टिम’ गठन गरेको छ ।

समितिमा परराष्ट्र, गृह, अर्थ, कानुन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा, श्रम मन्त्रालयका साथै वैदेशिक रोजगार विभाग, अध्यागमन विभाग, कन्सुलर सेवा विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरणलगायतका निकायका प्रतिनिधि रहने मध्य, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुख रामकाजी खड्काले बताए।

उनले विभिन्न मुलुकमा रहेका नेपाली नागरिकहरूको सुरक्षा अवस्था सामान्य रहेको उनले बताए। मध्यपूर्व (खाडी) क्षेत्र नेपालका लागि कूटनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गर्दै ती देशहरूसँग नेपालको सुमधुर र घनिष्ठ सम्बन्ध कायम रहेको बताए।

उनले सम्बन्धित मुलुकका सरकारहरूले नेपालीसहित विदेशी नागरिकहरूको सुरक्षामा उच्च प्राथमिकता दिएको जानकारी दूतावासहरूबाट प्राप्त प्रतिवेदनमार्फत आएको बताए।

मन्त्रालयले पश्चिम एसियामा रहेका १० नेपाली नियोगहरू तेल अभिव, दोहा, रियाद, अबुधाबी, मनामा, कुवेत, मस्कट, कायरोस्थित राजदूतावास तथा जेद्दा र दुबईस्थित महावाणिज्य दूतावास बाट नियमित ‘सिचुएसन एनालाइसिस रिपोर्ट’ पठाउन निर्देशन दिएको जनाएको छ। कन्सुलर सेवा विभागले सबै नियोगबाट नागरिकहरूलाई उद्धार सहायताको लागि डेटा सङ्कलन गर्न अनलाइन रजिस्ट्रेसनको फारम खुलेको समेत बताए।

रिपोर्टअनुसार कुन देशमा नेपालीहरूको अवस्था कस्तो छरु उनले यसरी सुनाए।

इजरायल– आज बिहान १०ः४५ बजेसम्म कुनै किसिमको आक्रमणको घटना नभएको रिपोर्ट आएको छ। नेपालीहरूको अवस्था हालसम्म सामान्य रहेको र त्यहाँ रहेको नेपाली समुदायमार्फत राजदूतावाससँग नियमित सम्पर्कमा गरिरहेका छन्। हालसम्म तेल अभिवमा २ जना र जेरुसेलम नजिकको क्षेत्रमा ९ जना गरी ११ जनाको मृत्यु भएको प्रतिवेदन प्राप्त भएको छ।

कतार– दोहामा पनि नेपाली सुरक्षित रहेको र दोहा दूतावासले महत्त्वपूर्ण सूचना जारी गरेर नेपालीहरूलाई सचेत रहन आग्रह गरेको छ। कतारको हवाई क्षेत्र अहिलेसम्म बन्द रहेको अवस्था छ। ट्रान्जिटमा रहेका नेपाली नागरिकहरूलाई कतारमा बस्न होटेलको व्यवस्था गरिएको छ र सम्बन्धित एयरलाइन्सहरूले उनीहरूको हेरचाह गरिरहेको जानकारी प्राप्त भएको छ। इरानमा बसोबास गर्ने नेपाली नागरिकहरूमध्ये ६ जना दूतावाससँग निरन्तर सम्पर्कमा रहेका छन् र उनीहरू सुरक्षित रूपमा बसिरहेको जानकारी प्राप्त भएको छ।

साउदी अरेबिया– साउदी अरेबियाको पूर्वी क्षेत्रमा रहेको ’रास तनुरा’ रिफाइनरीमा ड्रोन आक्रमण भएको रिपोर्ट प्राप्त भएको छ। सानो आगलागी भएको तर त्यसलाई छिट्टै नियन्त्रणमा लिएको थियो। साउदी अरेबियाले स्टेटमेन्ट जारी गरेर आक्रमणको निन्दा गरेको छ।

रियादको डिप्लोम्याटिक क्वार्टरमा रहेको अमेरिकी दूतावासमा दुईवटा ड्रोन खसेर केही नोक्सान भएको जानकारी पनि नियोगले दिएको छ। साउदी निकायले हालसम्म विदेशी नागरिक लक्षित कुनै एड्भाइजरी जारी गरेको अवस्था छैन। साउदी अरेबियाले दूतावासहरूलाई सर्कुलर जारी गरेर भिसा सकिएका नागरिकलाई भिसाको लागि अनुरोध गर्न सक्ने जानकारी गराएको छ।

युएई– युएईले हिजो भर्चुअल माध्यमबाट कूटनीतिक ब्रिफिङ गरेको छ। त्यहाँ आक्रमण निरन्तर रूपमा चलिरहेको छ र आक्रमण मिलिटरी इन्स्टलेसन भन्दा बाहिर आवासीय क्षेत्रमा पनि भएको दूतावासले जानकारी पठाएको छ। युएईमा भएको आक्रमणमा परी नेपाली पाकिस्तानी र बङ्गलादेशी गरी ३ जना नागरिकले ज्यान गुमाएको र ५८ जना घाइते भएको जानकारी प्राप्त भएको छ।

गोरखाका दिवस श्रेष्ठको शव नेपाल फर्काउने कार्यमा दूतावासले सहजीकरण गर्नेछ। ट्रान्जिटमा रहेका नेपालीहरूको सन्दर्भमा सबैलाई त्यहाँकै सरकारको तर्फबाट होटेलमा राखिएको र प्राथमिकता राखी तत्काल नेपाल फर्काउनुपर्ने भनिएता पनि फ्लाइटको उपलब्धताले त्यसलाई निर्धारण गर्छ।

बहराइन– निरन्तर रूपमा आक्रमण जारी छ भन्ने रिपोर्टमा उल्लेख छ। अमेरिकी एयरबेस नजिकै जहाजबाट खसेको भग्नावशेषमा एक एसियाली कामदारको मृत्यु भएको तर उहाँ नेपाली नागरिक नभएको जानकारी प्राप्त भएको छ। अरू सबै नेपाली नागरिकहरू सुरक्षित हुनुहुन्छ।

दूतावासले समुदायका सदस्यहरूलाई सुरक्षा निर्देशिका पालना गर्न, राष्ट्रिय नागरिक प्लेटफर्मबाट अद्यावधिक जाँच गर्न, सामाजिक सञ्जालका पोस्टहरूबाट भ्रमित नहुन र आपत्कालीन अवस्थामा ९९९ मा डायल गर्न अनुरोध गर्दै एड्भाइजरी जारी गरेको छ।

कुवेत– कुवेत र इराक दुवै मुलुकहरू यस घटनाबाट प्रभावित भएका छन्। कुवेतको अन्तर्राष्ट्रिय विमानस्थल, अमेरिकन मिलिटरी बेस नजिक मिसाइलरड्रोन खसेका छन्। कुवेत सरकारले अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेको अवस्था छ।

इराक– इराकको अमेरिकन मिलिटरी बेस नजिकै मिसाइल÷ड्रोन आक्रमण भएका छन्। इराकले पनि अन्तर्राष्ट्रिय विमानस्थल र एयर स्पेस बन्द गरेको छ। मिसाइल खस्दा केही व्यक्ति घाइते भएका छन्, जसमा नेपाली परेको जानकारी प्राप्त भएको छैन।

ओमान– ओमानमा धेरै ठुलो प्रभाव परेको छैन। ओमानको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर ओमान फिर्ता ल्याउन सहजीकरण गर्ने जानकारी दिएको छ। ओमानमा हालसम्म एक भारतीय नागरिकको मृत्यु र करिब ५ जना घाइते भएको जानकारी छ।

लेबनान– कायरोबाट प्राप्त जानकारी अनुसार जोर्डन र लेबनानमा आक्रमण लक्षित नभए पनि अन्यत्र लक्षित आक्रमण थियो भन्ने जानकारी प्राप्त भएको छ। नेपाली नागरिकहरू लेबनानमा हालसम्म सुरक्षित छन्।

लेबनानस्थित अमेरिकी दूतावासले नागरिकहरूलाई तुरुन्तै लेबनान छोड्न जानकारी दिएको छ। जोर्डनमा करिब ३ हजार नेपालीहरू सुरक्षित हुनुहुन्छ। त्यहाँ कुनै आपत्कालीन सहयोगको लागि फोन प्राप्त भएको छैन।

दुबई– फ्लाई दुबईको रिपोर्ट अनुसार ८० जना विभिन्न गन्तव्यमा जान ट्रान्जिटमा रहेका नेपालीहरू दुबईको होटेलमा हुनुहुन्छ। काठमाडौंतर्फ उडान गर्न सकिनेरनसकिने सम्बन्धमा दूतावासले एयर अरेबियासँग सम्पर्क गरिरहेको छ।

Prabhu Bank AD

सम्बन्धित खवर