वि.सं.२०८३ जेठ १६ शनिवार
Dish Home Long Ad
सैनिकमञ्च टुँडिखेलमा विशेष कार्यक्रमबिच संविधान दिवस मनाइयो
Prabhu Bank AD

काठमाडौं । सरकारले विशेष कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ। संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा बिहीबार बिहान विशेष कार्यक्रमको आयोजना गरिएको छ। संविधान सभाबाट जारी भएको दिनको स्मरणमा सरकारले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाउँदै आएको छ।

कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल,उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली,सभामुख देवराज घिमिरे,प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलगायत अन्य उच्च पदस्थ व्यक्ति सहभागी छन्।

समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत विभिन्न निकायबाट सांस्कृतिक झाँकी, गीत र नृत्य प्रस्तुत गरिएको थियो ।

समारोहमा नेपाली सेनाको हेलिकोप्टरले पुष्पवृष्टि गर्नुका साथै शान्तिको प्रतीक सेतो परेवा उडाइएको थियो। २०७२ असोज ३ गते संविधान जारी भएको थियो। त्यसयता हरेक वर्ष असोज ३ गतेलाई संविधान दिवस रुपमा मनाउने गरिएको छ।

संविधान दिवसको अवसरमा सरकारले देशभर दिपावली गरी भव्यताका साथ मनाउन आह्वान समेत गरेको छ।

Prabhu Bank AD

सम्बन्धित खवर