वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
भारतको मेघालय कोइलाखानीमा ४ जना नेपाली मजदुरको घाँटी रेटेर हत्या
Prabhu Bank AD

काठमाडौँ । भारतको मेघालयमा ४ जना नेपाली मजदुरको घाँटी रेटेर हत्या भएको खबर आएको छ । मेघालयको कोइलाखानीमा काम गर्न गएका ४ जना नेपाली मजदुरको हत्या भएको हो ।
सो बीभत्स घटना मेघालय राज्य अन्तर्गत सुतंगा जयन्तिया हिल्समा भएको हो । भारतीय सञ्चारमाध्यमहरूले पहिला बाँधेर त्यसपछि धारिलो हतियार प्रयोग गरेर उनीहरूको हत्या गरे जस्तो देखिएको जनाएका छन् ।

घटना भएको स्थान मेघालयको राजधानी शिलोङबाट १३० किलोमिटर टाढा भएको बताइएको छ । मारिने ४ जना धरान र भोजपुरका नेपाली भएको प्रारम्भिक सूचना छ ।

४ जना नै स्थानीय कोइला खानीमा काम गर्दै आएका बताइएको छ । यो घटनाबारे दिल्लीस्थित नेपाली दूतावासलाई जानकारी गराइएको स्रोतले जानकारी दिएको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर