वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
कोसीको मुख्यमन्त्रि  हिक्मत नियुक्त, शपथ आजै साँझ ५ बजे
Prabhu Bank AD

 

काठमाडौं । कोसीको मुख्यमन्त्रीमा हिक्मतबहादुर कार्की नियुक्त भएका छन्। कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले बिहीबार (वैशाख २७) गते मुख्यमन्त्रीमा नियुक्त गर्ने निर्णय गरेका हुन्।

कार्कीले ५२ जनाको समर्थन रहेको भन्दै बिहीबार मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। ती ५२ जना सांसदको सनाखत सकिएसँगै कार्कीलाई मुख्यमन्त्री नियुक्त गरिएको नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए।

उनका अनुसार आजै साँझ ५ बजे उनको शपथ कार्यक्रम राखिएको छ। प्रदेश प्रमुखले संविधानको धारा १६८ को ५ अनुसार नयाँ सरकार गठन आह्वान गरेका थिए। कांग्रेस सांसद केदार कार्की २०८० असोज २७ गते एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। पछि माओवादीले पनि उनलाई विश्वासको मत दिएको थियो।

तर गत फागुन २१ गते केन्द्रको सत्ता समीकरण परिवर्तन भएपछि प्रदेशमा पनि त्यसैअनुकूलका समीकरण बन्न थालेका हुन्। २०८० चैत २६ गते एमाले र माओवादीका ५२ जना सदस्यले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएका थिए।

कार्कीले आजै बिहान मुख्यमन्त्रीको दाबी पेस गरेका थिए। उनलाई एमालेका ३९ र माओवादी केन्द्रका १३ सांसदको समर्थन छ।

Prabhu Bank AD

सम्बन्धित खवर