वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
इलाम–२ , उपनिर्वाचन एमालेका नेम्बाङ मतान्तर घटाउँदै, कांग्रेसका खड्का अगाडि
Prabhu Bank AD

 

 

इलाम । इलाम –२ को उपनिर्वाचन अन्तर्गत जारी मतगणतामा नेकपा एमालेका सुहाङ नेम्बाङले मतान्तर घटाउँदैछन् भने नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले अग्रता लिइरहेका छन् ।

पछिल्लो ताजा परिणामअनुसार खड्काले १ हजार ६५५ मत पाएका छन् । नेम्बाङले १ हजार ६३० मत प्राप्त गरेका छन् । खड्का र नेम्बाङबीचको मतान्तर २८ मात्रै रहेको छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार लिम्बुले ३०८ र पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ४३० मत पाएका छन् ।

यो परिणाम फाकफोकथुम गाउँपालिकाका १, २ र ३ नम्बर वडाको मतगणना सकिँदा हो । शनिबार सम्पन्न निर्वाचनमा जम्मा ६९ हजार २८७ मत खसेको थियो । कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको यो क्षेत्रमा इलाम नगरपालिकाको ११ वटा वडाबाट २० हजार ६ सय ६५ मत खसेको थियो ।

देउमाइ नगरको ९ वटामा १५ हजार ९ सय ८० मत खसेको थियो । माङ्सेबुङ र चुलाचुलीका ६र६ वटाबाट क्रमशः ७ हजार २ सय ६ र ११ हजार १ सय ९८ तथा माइ नगरको ३ वटावाट ४ हजार ६ सय ३४ मत खसेको थियो ।

Prabhu Bank AD

सम्बन्धित खवर