वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
भारतीले न्याय पाए आरतीले कहिले पाउने ?
Prabhu Bank AD

काठमाडौं १६ कार्तिक । २०७२ असार २८ गते नेपालगन्जको बीच चौकमा दिनदहाडै खुँडा हानेर चेतन मानन्धरको हत्या अभियोगमा जन्मकैदको सजाय पाएका योगेश ढकाल रिगलको सर्वोच्च अदालतले कैद मिनाहा दिने निर्णय बदर गरेको छ । रिगललाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ वैशाखमा दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

उनलाई १२ वर्ष कैद सजाय तोकिएको थियो भने घटनामा संलग्न अन्य १० जनालाई संलग्नताको आधारमा तीन वर्षदेखि दस वर्षसम्म कैद सजाय तोकिएको थियो । तर, संविधान दिवसको अवसरमा सरकारले असल चालचलनको आधारमा ६० प्रतिशत कैद मिनाहाको सिफारिस गरेपछि राष्ट्रपतिले कैद मिनाहा गरेका थिए । त्यसपछि रिगल जिल्ला कारागार दाङबाट छुटेका थिए ।

सर्वोच्चको फैसला लगत्तै रिगललाई प्रहरीले पक्राउ गरेका छन् । मानन्धरकी श्रीमती भारतीले माइतीघरमा न्यायका लागि निरन्तर अनशन बसेपछि सर्वोच्चले कानुन अनुसार फैसला गरेका छन् ।
न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्ने आदेश गरेको हो । इजलासले रिगललाई बाँकी कैद माफी दिने निर्णय ‘अपराध पीडितको हक प्रतिकुल देखिएको’ भनेपछि उनलाई तत्काल थुनामा पठाउने आदेश गरेको छ ।

आफ्ना पति चेतन मानन्धरको जघन्य हत्या गर्नेलाई कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद र मन्त्रिपरिषदको सिफारिस अनुसार कार्यान्वयन गर्ने राष्ट्रपतिको निर्णय खारेजीको माग गर्दै भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दिएकी थिइन् । रिटमाथि सुनुवाइ गर्दै अदालतले बिहीबार कैद सजाय मिनाहाको निर्णय बदर हुने आदेश सुनाएको हो । सरकारको निर्णयविरुद्ध चेतनकी श्रीमती भारती १७ असोजदेखि अनशन समेत बसेकी थिइन् । दशैंका बेला स्थगित अनशन उनले फेरि सुरु गरेकी थिइन् भने १३ कात्तिकमा अनशन स्थलमै उनी बेहोस समेत भएकी थिइन् ।

यतिबेला भारतीले न्याय पाएपछि आरतीको न्यायको विषय पनि सबैतिर उठिरहेको छ । दाइजोको कारण हत्या भएको विषयलाई लिएर न्याय नपाएको विषयलाई लिएर चार महिनादेखि आरतीका घरपरिवारले माइतीमा अनशनमा छन् । तर, उनले न्याय पाउन सकेको छैन । भारतीले न्याय पाएपछि अब आरतीले पनि न्याय पाउने आशा जागेको कानुनी विज्ञयहरुको भनाइ छ ।

 

 

Prabhu Bank AD

सम्बन्धित खवर