वि.सं.२०८३ जेठ १९ मंगलवार
Dish Home Long Ad
सुन तस्करीमा मुछिएका चिनियाँसँग ‘कनेक्सन’ देखिएपछि दिपेश पुन र भन्सार प्रमुख पोखरेलसँग सीआईबीको सोधपुछ
Prabhu Bank AD

 

काठमाडौं । सुन तस्करीमा मुछिएका चिनियाँसँग ‘कनेक्सन’ देखिएपछि दिपेश पुन र भन्सार प्रमुख पोखरेलसँग केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सोधपुछ र अनुसन्धान जारी जारी रहेको छ ।

राजस्व अनुसन्धान विभागले १८ दिन छानबिन गरेपछि फाइल जिम्मा लिएको सीआईबीले अहिले विभिन्न व्यक्तिहरुसँग बयान र सोधपुछ गरिरहेको छ।
त्रिभुवन विमानस्थल भन्सारका तत्कालीन प्रमुख अरुण पोखरेलसँग पनि सीआईबीले सोधपुछ गरिरहेको छ। सुन बरामद हुँदा बिदामा भए पनि उनीसँग सीआईबीले सोधपुछ गरेको हो।

यो प्रकरणमा नेताहरु र भीआईपी पनि जोडिएको चर्चाबीच सीआईबीले शंकास्पद भूमिका देखिएकाहरुसँग सोधपुछलाई तीव्र बनाएको छ। सुन तस्करीका मुछिएका चिनियाँ नागरिहरुसँग ‘कनेक्सन’ देखिएपछि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशसँग पनि सीआईबीले सोधपुछ गरेको छ। नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीका महासचिवसमेत रहेका पुनलाई सोमबार झिकाएर सोधपुछ गरिएको सीआबी स्रोतले जनाएको छ।दिपेशको नाम यसअघि पटक पटक सुन तस्करीसँग मुछिएका व्यक्तिहरुसँग उठबस रहेको भन्दै समाचार पनि सार्वजनिक भएको थियो।

यो प्रकरणको अनुसन्धान फाइल सीआईबीले यही महिनाभित्र सरकारी वकिलकहाँ पठाउने गरी तयारी गरिरहेको छ।

Prabhu Bank AD

सम्बन्धित खवर