वि.सं.२०८३ जेठ १९ मंगलवार
Dish Home Long Ad
रास्वपाका नेताले पत्रकारलाई अपहरण गरी बन्दी बनाई निर्घात कुटपिट
Prabhu Bank AD

 

काठमाडौं । बझाङमा होटल व्यवसायी सञ्चालन गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का (नेता) जिल्ला संयोजक नगेन्द्र खड्काले पत्रकारलाई अपहरण गरी बन्दी बनाई निर्घात रुपमा कुटपिट गरेका छन्।

सामुदायिक खप्तड आवाज र नेपाल एगल अनलाइनमा कार्यरत सुनिल मण्डेललाई घरबाटै सोमबार खड्काले अपहरण गरेका थिए। खड्का होटल होलि डे इनका सञ्चालक समेत हुन्। खड्काको निर्देशनमा मण्डेललाई अपहरण गरी आक्रमण गरेको भन्दै नेपाल पत्रकार महासंघ बझाङ शाखाले कारवाहीको मागसहित विज्ञप्ति जारी गरेको छ।

ुस्वतन्त्र सञ्चारकर्ममा जुटेका पत्रकार मण्डेलमाथि भएको कुटपिटको घटना प्रेस स्वतन्त्रता विरोधी काम भएको महासंघको ठहर छ, विज्ञप्तिमा भनिएको छ, ुअभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्नुको साटो पत्रकारलाई अमानवीय व्यवहार गरेको घटनाको यथासीघ्र छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सम्वन्धित निकायको ध्यानाकर्षण गराउँछौँ।

Prabhu Bank AD

सम्बन्धित खवर