काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनसरकारसँग जहाँ भन्यो त्यहीं भिड्न तयार रहेको बताउँदै धम्काएका छन् । शुक्रबार किर्तिपुरमा स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संसदमा मात्रै होइन, स्पट तोकेर बोलाए जहाँ पनि आउन तयार रहेको बताए ।
ओलीले राष्ट्रियता र देशको सार्वभौमसत्तामाथि मजाक उडाएकाले एमालेले प्रधानमन्त्रीको राजीनामा मागिएको बताए । ‘उहाँले के का लागि पार्लियामेन्टमै सामना गर्छौ भनेको हो ? उहाँहरुले वार्ता गर्छौ समस्या समाधान गर्छौ भन्नुभएन । पार्लियामेन्टमा सामना गरिन्छ भन्नुभयो, प्रतिपक्षको म मसिनो स्वरमा भन्न चाहन्छु– पार्लियामेन्टमात्र होइन सत्तापक्ष जहाँ भन्छ हामी त्यहाँ तयार छौ । स्पट तोकेर बोलाए हुन्छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय सरदार प्रीतम सिंहलाई समेत अनावश्यक विवादमा मुछेको भन्दै उनले आक्रोश पोखे । ‘प्रीतम सिंहले प्रेस मिट गरी भन्नुहुन्छ–प्रचण्डलाई प्रधानमन्त्री बनाउन म दिल्ली गएको होइन, गएको छैन भनेर ।

