वि.सं.२०८३ जेठ १८ सोमवार
Dish Home Long Ad
क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्यकी सासुआमाको निधन
Prabhu Bank AD

 

 

काठमाडौं । अर्घाखाँचीको कम्युनिस्ट पार्टीका संस्थापक तथा तत्कालीन नेकपा ९चौथो महाधिवेशन०का केन्द्रीय समिति सदस्य कमरेड खुुवीराम आचार्यकी जीवन सङ्गिनी, तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय समिति सदस्य कमरेड पिताम्बर आचार्यकी आमा तथा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष कमरेड मोहन वैद्यकी सासुआमा खगिश्वरा आचार्यको ९१ बर्षको उमेरमा निधन भएको छ ।

कपिलवस्तु जिल्ला, बुद्धभूमि नगरपालिका वडा नं. ४ गेलवार निवासी खगिश्वरा आचार्यको यही जेठ ८ गते, विहान ९ः२३ बजे ९१ वर्षको उमेरमा दःुखद निधन भएको बताइएको छ । उहाँको निधनमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले श्रद्धाञ्जली वक्तव्य जारी गरेको छ ।

पार्टीका प्रवक्ता कञ्चनले जारी गरेको श्रद्धाञ्जली वक्तव्यमा भनिएको छ, “उहाँ आपूm कम्युनिस्ट पार्टीको सदस्य नरहे पनि पार्टीको सक्रिय समर्थक र कम्युनिस्ट परिवारको एकजना कर्मठ अभिभावक हुनुहुन्थ्यो । उहाँको निधनबाट हामी अत्यन्तै दुःखित भएका छौं । दःुुखको यस घडीमा हाम्रो पार्टी खगिश्वरा आचार्यप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र उहाँका शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।”

दिवंगत खगिश्वरा आचार्यका ४ छोरा, तीन छोरी, २० नाति–नातिना र १९ पनाति–पनातिना हुनुहुन्छ । उहाँका छोरा–बुहारी, छोरी–ज्वाइँ, नाति–नातिना लगायत नजिकका इष्टमित्र समेत कम्युनिस्ट आन्दोलनसँग जोडिनु भएको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर