काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो ३ बजेका लागि आह्वान गरिएको बैठकमा सभामुख देवराज घिमिरेले संसदीय सुनुवाइ समितिमा रहने सदस्यहरूको नाम प्रस्ताव गर्नेछन् ।
ईश्वरीदेवी न्यौपानेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १८० बमोजिम विशेष समिति गठन गरियोस् भनी सदस्यहरूको नामावलीसहितिको प्रश्ताव पेस गर्ने, उक्त प्रस्तावको रघुजी पन्तले समर्थन गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ माथिको दफाबार छलफल सदनमा गरियोस् भन्ने विधेयक, २०७९ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने छ ।

