वि.सं.२०८३ जेठ १८ सोमवार
Dish Home Long Ad
धनुषा  बाट १२४ किलो गाँजा ल्यउदै गरेको ट्रक चालकसहित पक्राउ
Prabhu Bank AD

 

जनकपुरधाम। धनुषाबाट प्रहरीले एक क्वीन्टल २४ किलो अवैध गाँजा बरामद गरेको छ।

आज दिउँसो ढल्केवरबाट जनकपुरधामतर्फ आउँदै गरेको ना ७ ख ४२५१ नम्बरको ट्रकबाट १२ वटा पोकामा ११ किलोको दरले रहेको १२४ किलो अवैध गाँजा बरामद गरेको हो।

प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट खटेको प्रहरीको टोलीले शंकाको आधारमा चेकजाँच गर्दा गाँजासहित ट्रक र चालक मकवानपुर जिल्लाको मनहरी नगरपालिका ८ बस्ने शन्तबिर दोङ्लाई नियन्त्रणमा लिएको जनाएको छ ।

बरामद गरेको गाँजा ट्रक र चालकलाई थप अनुसन्धानको लागी प्रदेश प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय धनुषामा पठाउने जनाएको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर