वि.सं.२०८३ जेठ १८ सोमवार
Dish Home Long Ad
भारत पसेकाहरू घर फर्कन थालेपछि सुदूरपश्चिममा कोरोना संक्रमण बढ्यो
Prabhu Bank AD

काठमाडौं। खेतीपाती भित्र्याउने र पर्वको बेला भएकाले मौसमी कामका लागि भारत पसेकाहरू घर फर्कन थालेपछि सुदूरपश्चिममा कोरोना संक्रमण बढेको छ।

भारतमा संक्रमित भएर फर्किनेको संख्या बढ्न थालेपछि सुदूरपश्चिममा पनि कोरोना संक्रमण तीव्र भएको बताइन्छ।
कामका लागि भारतका विभिन्न सहरमा रहेका सुदूरपश्चिमका बासिन्दाहरू नयाँ वर्ष र बिसुुुपर्व मनाउन घर फर्किने क्रम बढेको छ।

सशस्त्र प्रहरी सीमा सुरक्षा बलको तथ्यांकअनुसार कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट दैनिक दुई हजार जना स्वदेश फर्किन थालेका छन्। तर दुवै नाकामा ७्८ सय जनाको मात्रै एन्टिजेन परीक्षण भइरहेको छ। परीक्षणमा कोरोना पोजेटिभ देखिनेलाई आइसोलेसनमा बस्न सुझाव दिइन्छ।

चैत १० गतेसम्म कोरोना संक्रमितको संख्या शून्य थियो। दुई हप्ता नपुग्दै संक्रमितको संख्या करिब एक सय पुगेको छ।
उनीहरूका कारण गाउँगाउँमा कोरोना फैलिने सम्भावना बढेको छ।

कैलालीको गौरीफन्टा नाकामा पछिल्ला १५ दिनमा एन्टिजेन परीक्षणबाट ६१ जनामा कोरोना संक्रमण भेटिएको छ। गौरीफन्टा नाकाको हेल्थ डेस्कका इन्चार्ज गणेशबहादुर साउदले चैत १० गते यता कोरोनाका बिरामीको संख्या बढेको बताए।

कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी र बेलौरी, दार्चुलाको पुलघाट र बैतडीको झुलाघाट नाकामा प्रदेश सरकारले हेल्थ डेस्क राखेको छ। हेल्थ डेस्कमा भारतबाट फर्किनेहरूको एन्टिजेन परीक्षण गरिन्छ।

 

 

Prabhu Bank AD

सम्बन्धित खवर