वि.सं.२०८३ जेठ १८ सोमवार
Dish Home Long Ad
नेपाली सेनाको सर्भरमा प्रवेश गरेको आरोपमा २१ वर्षिय युवा पक्राउ भएका छन्
Prabhu Bank AD

काठमाडौं। नेपाली सेनाको साइवर स्पेस(सर्भर)मा प्रवेश गरेको आरोपमा २१ वर्षिय युवा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १० घर भई हाल कास्कीको पोखरा–१६ बाटुलेचौर बस्ने सागर ढकाल रहेका छन्। उनी पश्चिमाञ्चल इञ्जिनियरिङ कलेजमा स्नातक तेस्रो वर्ष अध्ययरत विद्यार्थी भएको खुलेको छ।

नेपाली सेनाको सर्भरमा अनाधिकृत पहुँच पुर्‍याएको आरोपमा ढकाललाई पक्राउ गरिएको प्रहरीको भनाई छ। उनले घर धनीको इन्टरनेट प्रयोग गरेर सेनाको सर्भरमा अनधिकृत पहुँच पुर्‍याएकोले पक्राउ गरिएको साइबर ब्यूरोका प्रहरी अधिकृतले जनाएका छन्।

नेपाली सेनाले आफ्नो साइबर स्पेशमा कसैले अनधिकृत पहुँच पुर्‍याएको भन्दै दिएको सूचनाका आधारमा अनुसन्धान गर्दा ढकाललाई घरबाटै पक्राउ गरेर ल्याएको प्रहरीको भनाई छ।

साइबर स्पेसमा अनधिकृत पहुँच पुर्‍याउने उद्देश्यले विभिन्न समयमा साइवर हमला भएको पाइएपछि सेनाले नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको थियो।

सोहीअनुसार साइवर हमलाको अनुसन्धान, प्राविधिक विश्लेषण तथा ह्युमन इन्टेलिजेन्सका आधारमा ढकालको संलग्नता खुलेको हो ।

ब्युरोका सूचना अधिकारी पशुपति कुमार रायले उनीमाथि विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद लिई आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए।

 

Prabhu Bank AD

सम्बन्धित खवर