वि.सं.२०८३ जेठ १८ सोमवार
Dish Home Long Ad
कोरोना सङ्क्रमण पुष्टि भए आइसोलेसनमा बस्न स्वास्थ्य मन्त्रालयको आग्रह
Prabhu Bank AD

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएमा तत्काल आइसोलेसनमा बस्न आग्रह गरेको छ । मन्त्रालयले मंगलबार सूचना जारी गर्दै कोरोना भाइरसको लक्षण देखिने बित्तिकै परीक्षण गराई सङ्क्रमण पुष्टि भएमा आइसोलेसनमा बस्न आग्रह गरेको हो ।

पानीमा भिजेको, चिसो खाएको र धुलोमा गएको भनेर बहाना नबनाउन आग्रह गर्दै मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको लक्षण देखिने बित्तिकै परीक्षण गरी पुष्टि भएमा आइसोलेसनमा बस्न आग्रह गरेको हो ।

पछिल्लो २४ घण्टामा देशभर ८० जनामा नयाँ कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १ हजार ११७ जनामा गरिएको परीक्षणमा ८० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

Prabhu Bank AD

सम्बन्धित खवर