वि.सं.२०८३ जेठ १८ सोमवार
Dish Home Long Ad
घरमा आगलागी, जलेर एक बालिकाको मृत्यु
Prabhu Bank AD

 

काठमाडौं। रौतहटको दक्षिणी भेग ईशनाथ नगरपालिकामा गए राति दुई वटा घरमा भएको आगलागीमा परेर एक जना बालिकाको मृत्यु भएको छ भने लाखौँको क्षति भएको छ।

ईशनाथ नपा ६ जयनगर निवासी मजीबुल रहमानको घरमा मंगलबार राति ८ बजे एक्कासि आगलागी भएको थियो। आगलागीको क्रममा घरभित्रै सुतिरहेकी रहमानको ११ बर्सिया छोरी रजिया खातुनको जलेर मृत्यु भएको प्रहरी चौकी जयनगरका असई शत्रुधन यादवले बताएका छन्। केही दिनपछि हुन लागेको रहमानको छोरीको विवाहको तयारी स्वरूप घरमा राखिएको लत्ताकपडा,अन्न, तथा केही गहना जल्नुका साथै एउटा पाडो समेत जलेर मरको छ।

आगलागीबाट रहमानको १६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको असई यादवले जानकारी दिए। रहमानको घरबाट सल्किएर छिमेकी शेख ईरसादको गोठ जलेर दुई लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

प्रहरी चौकी जयनगर तथा गाउँलेको सहयोगमा आगलागी नियन्त्रण भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। आगलागीको कारण खुल्न नसकेको भए पनि लामखुट्टे भगाउन बालिएको घुरबाट आगो सल्किएको हुनसक्ने अनुमान गरिएको छ।

Prabhu Bank AD

सम्बन्धित खवर