वि.सं.२०८३ जेठ १३ बुधवार
Dish Home Long Ad
नयाँ जनवादी क्रान्ति र जातीय समस्या
Prabhu Bank AD

‘चिनियाँ क्रान्ति विश्व क्रान्तिको अंग हो’ भन्ने सही प्रस्थापना सन् १९२४–२७ को चीनको पहिलो महान क्रान्तिको१ अवधिमा नै अघि सारिएको थियो । यो कुरा चिनियाँ कम्युनिस्टहरुले अघि सारेका थिए । त्यसबेला साम्राज्यवाद तथा सामन्तवाद विरोधी संघर्षमा लागेका सबैले यसको समर्थन गरेका थिए । तर त्यसो हुँदा हुँदै पनि त्यस कुराको वास्तविक महत्वबारे त्यसताका पूर्ण व्याख्या नगरिएको हुनाले मानिसकहरुले त्यसलाई बोक्रे रुपमा मात्र बुझेका थिए ।
यो ‘विश्वक्रान्ति’ले अब पुरानो विश्वक्रान्तिलाई जनाउँदैन किनभने, पुरानो पुँजीवादी विश्वक्रान्तिको निकै अघि मिति पुगिसकेको छ, यसले त नयाँ विश्वक्रान्ति अर्थात् समाजवादी विश्वक्रान्तिलाई जनाउँछ । त्यसैगरी अंग हुनुको अर्थ पुरानो पुँजीवादी क्रान्तिको अंग नभई नयाँ समाजवादी क्रान्तिको अंग हुनु हो । यो चीन र विश्वकै इतिहासमा कतै उदाहारण नपाइने अजंगको परिवर्तन हो ।

चिनियाँ कम्युनिस्टहरुले अघि सारेको यो प्रस्थापना स्टालिनको सिद्धान्तमा आधारित छ ।

१९१८ तिर नै अक्टोबर क्रान्तिको पहिलो जन्मजयन्ती मनाउँदा स्टालिनले एउटा लेखमा भन्नुभएको थियो– अक्टोबर क्रान्तिको महान विश्वव्यापी महत्व मुख्यत: यी कुराहरुमा रहेको छ :

१–यसले राष्ट्रिय समस्याको परिधिलाई फराकिलो पारिदिएको छ, युरोपको राष्ट्रिय उत्पीडनको विरोध गर्ने खास मुद्दालाई थिचोमिचोमा परेका सारा जनता, उपनिवेशहरु र अर्धउपनिवेशहरुलाई साम्राज्यवादबाट मुक्त गर्ने आम प्रश्नमा परिणत गरिदिएको छ ।

२– यसले तिनीहरुको मुक्तिको सम्भावनालाई फराकिलो पारिदिएको छ र त्यसतर्फ लम्कनका निम्ति सही बाटाहरु खोलिदिएको छ । यसबाट पश्चिम र पूर्वका उत्पीडित जनताहरुको मुक्तिको उद्देश्यलाई यसले धेरै नै सुगम तुल्याएको छ र तिनलाई साम्राज्यवादविरोधी विजयी संघर्षको साझा मूलप्रवाहमा मिसाइदिएको छ ।

३– यसरी यो समाजवादी पश्चिम र दास तुल्याइएको पूर्वलाई जोड्ने एउटा साँघु भएको छ । यसले पश्चिमका सर्वहाराहरुदेखि लिएर रुसी क्रान्ति हुँदै पूर्वका उत्पीडित जनतासँग फैलिएको साम्राज्यवादविरोधी क्रान्तिकारीहरुको यसले एउटा नयाँ मोर्चाको निर्माण गरेको छ ।

यो लेख लेख्नुभएदेखि यता स्टालिनले उपनिवेश र अर्धउपनिवेशहरुका क्रान्तिकारीहरु पुरानो किसिमको नाता तोडेर सामाजवादी क्रान्तिको अंग भइसकेका छन् भन्ने सिद्धान्तको बारम्बार व्याख्या गर्नुभएको छ । ३० जुन, १९२५ मा प्रकाशित एउटा लेखमा२ यस कुराको सबैभन्दा प्रष्ट र सबैभन्दा सूक्ष्म व्याख्या गरिएको छ । जुन लेखमा स्टालिनले युगोस्लाभियाका राष्ट्रवादीहरुसँग वादविवाद चलाउनु भएको छ । ‘जातीय प्रश्नबारे फेरि एकपल्ट’ भन्ने लेख चाङ्चुङ्सद्वारा अनुदित ‘जातीय प्रश्नबारे स्टालिनको विचार’ भन्ने पुस्तकमा समावेश गरिएको छ । यसमा निम्न लिखित कुराहरु परेका छन्–

सेमिखले स्टालिनले १९१२ को अखिरितिर लेखेको ‘माक्र्सवाद र जातीय प्रश्न’ भन्ने पुस्तकको एक अंशतिर औल्याएका छन्– त्यस पुस्तकमा “उदयीमान पुँजीवादको स्थितिमा हुने जातीय संघर्ष पुँजीपतिवर्गहरुको आपसी संघर्ष हो” भनी लेखिएको छ । यसबाट सेमिखले वर्तमान ऐतिहासिक स्थितिमा जातीय आन्दोलनको सामाजिक महत्वबारे आफ्नो सिद्धान्त ठिक छ भन्नेकुरा देखाउन खोजेको प्रष्टै देखिन्छ । तर स्टालिनको पुस्तिका साम्राज्यवादी लडाइँभन्दा अघि नै लेखिएको थियो । जुन बेलासम्ममा जातीय प्रश्नहरुलाई माक्र्सवादीहरुले विश्वव्यापी महत्वको प्रश्न मानेका थिएनन् र आत्मनिर्णय गर्ने अधिकारका सम्बन्धमा माक्र्सवादीहरुको मूलभूत माग सर्वहारा क्रान्तिको अंग नमानेर पुँजीवादी लोकतान्त्रिक क्रान्तिको अंग हो भनी मानिन्थ्यो । त्यसबेलादेखि अन्तर्राष्ट्रिय स्थितिमा मौलिक परिवर्तन आइसकेको छ । एकातिर त्यो युद्धको कारण र अर्कोतिर रुसको अक्टोबर क्रान्तिले जातीय प्रश्नलाई पुँजीवादी जनवादी क्रान्तिको एक अंगबाट सर्वहारा समाजवादी क्रान्तिको एक अंगमा परिणत गरेको कुरा बुझ्न नसक्नु चाहिँ साँच्चिकै हास उठ्दो कुरा हुनेछ । सन् १९१६ को अक्टोबरतिर नै ‘आत्मनिर्णयसम्बन्धी छलफलको निचोड’३ भन्ने लेखमा लेनिनले के भन्नुभएको थियो भने– जातीय प्रश्नको मुख्य विषय अर्थात् आत्मनिर्णयको अधिकार अब आम जनवादी आन्दोलनको एक अंग नरहेर आम सर्वहारा समाजवादी क्रान्तिको एउटा अभिन्न अंग बन्न पुगेको छ । जातीय प्रश्नबारे लनिनका र रुसी साम्यावादका अरु प्रतिनिधिहरुले पछि लेखेका रचनाहरुको विषयवस्तुको यहाँ उल्लेख गरिरहनु म आवश्यक ठान्दिनँ । यी सारा कुराहरु भइसकेपछि आज एक नयाँ ऐतिहासिक परिस्थितिको परिणामस्वरुप हामीले एउटा नयाँ युग सर्वहारा क्रान्तिको युगमा पाइला टेकिसकेको बखतमा रुसमा पुँजीवादी जनवादी क्रान्तिको बेलामा लेखिएको स्टालिनको पुस्तिकाको कुनै विशेष अंश सेमिखबाट उल्लेख गरिन्छ भने त्यसको के अर्थ हुन सक्ला ? त्यसको एक मात्र अर्थ के हुन्छ भने सेमिखले देश कालको सन्दर्भबाट बाहिर रहेर त्यस बखतको जिउँदा ऐतिहासिक स्थितिको उल्लेख नगरी उद्दरण अघि सारेका छन् र त्यसो गरेर उनले द्वन्द्ववादका सबैभन्दा प्रारम्भिक नियमहरुको पनि उलंघन गरेका छन् र एउटा ऐतिहासिक परिस्थितिमा ठिक हुने कुरा अर्को ऐतिहासिक परिस्थितिमा बेठिक पनि हुन सक्छ भन्ने तथ्यलाई उपेक्षा गरेका छन् । (यो अंश माओको नयाँ जनवाद दस्तावेजको ‘चिनियाँ क्रान्ति विश्व क्रान्तिको एउटा अंग हो’ उपशीर्षकबाट लिइएको हो ।

फुटनोट
१– चीनको सन् १९२४–२७ सम्मको पहिलो महान क्रान्ति, जुन पहिलो गृहयुद्धका नामले पनि प्रशिद्ध छ ।
२– जोसेफ स्टालिन– ‘दि नेश्नल क्वेश्चन वन्स एगेन कन्सर्निङ द आर्टिकल बाई सेमिख’, कलेक्टेड वक्र्स, भो.७ (मस्को : फरहेन ल्यांग्वेज पब्लिसिङ हाउस–१९२५)
३–भिआई लेनन, ‘डिस्कसन अफ सेल्फ डिटरमिसन सम्डअप’ कलेक्टेड वक्र्स, भो.२२, चौं. सन्. (मस्को : प्रोगेस पब्लिकेसन्स, १९६४, पृ.३२०–६०)

(डा.ऋषिराज बराल र डा. नन्दीश अधिकारीद्वरा सम्पादित ‘माक्र्सवाद र परिचयको राजनीति’ नामक पुस्तकबाट)

Prabhu Bank AD

सम्बन्धित खवर