काठमडौ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मस्तिष्क मृत्यु भएका १७ वर्षीय किशोरबाट तीन जनाले नयाँ जीवन पाएका छन्।
केन्द्रले १६ फागुनमा एकै साथ दुईवटा मृर्गौला र एक कलेजा सफल प्रत्यारोपण गरेको केन्द्रको निर्देशकमा डा.पुकारचन्द्र श्रेष्ठले जानकारी दिए।
अंग लिनेमा ६९ वर्षीय पुरुषले कलेजो, ४७ वर्षीय पुरुषले मिर्गौला र ३५ वर्षीय अकौ एक मिर्गौला फेल भएकाले मिर्गौला प्रत्योपण गरिएको उनले जानकारी दिए।
डा. श्रेष्ठका अनुसार एक जना मस्तिष्क मृत्यु भएका व्यक्तिबाट तीन जनाले नयाँ जीवन पाएको पनि ७३ घण्टा पुरा भइसकेको छ। उनीहरुको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको उनले बताए।
रुपन्देहीको मायादेवी गाउँपालिका वडा नं. ४ पविका ४७ वर्षीय पुरुष र सिराहाको सिराहा नगरपालिका १ का ३५ वर्षीय पुरुषमा प्रत्यारोपण गरिएको थियो।
कलेजो प्रत्यारोपण भने ललितपुर महानगरपालिका –२५ ६८ वर्षीय पुरुषलाई गरिएको थियो । उनीहरु सबैले स्वास्थ्य लाभ गरिरहेका छन्।
डा.श्रेष्ठको नेतृत्वमा प्रत्यारोपणमा भारतीय प्रत्यारोपण विशेषज्ञ चिकित्सकहरु पनि बोलाइएको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले एक मस्तिष्क मृत्यु भएका एक जना व्यक्तिबाट तीन जनाले नयाँ जीवन पाए भनेको त निकै खुखीको कुरा रहेको उनले बताए।
‘यो हाम्रो लागि निकै महत्पूर्ण दिन हो’ उनले भने ‘तीन दिन अघि प्रत्यारोपण गरिएको थियो। तर ७२ घण्टा काटेपछि मात्र बिरामीको अवस्था कस्तो हुन्छ भनेर थाहा हुने भएकाले अहिलेमात्र जानकारी दिएको हो।’

