वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
हतकडीसहित बलात्कार अभियुक्त फरार
Prabhu Bank AD

 

काठमाडौं । धनुषामा बलात्कार मुद्दाका एक अभियुक्त हतकडीसहित फरार भएका छन्।

प्रहरीको भ्यानबाट हाम फालेर अभियुक्त फरार भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले बताए।

धनुषाको सबैला नगरपालिका वडा नम्बर–१३ किरतपुरका २८ वर्षीय राजाबाबु मुखिया भ्यानबाट हाम फालेर फरार भएका हुन्।

आइतबार जिल्ला अदालत धनुषाबाट सात दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय फर्किदै गर्दा उनी फरार भएको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार उनको खोजी कार्य जारी छ।

 

 

Prabhu Bank AD

सम्बन्धित खवर