वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
१३० बिघामा लगाइएको अफिम खेती मकवानपुर प्रहरीले गर्‍यो नष्ट
Prabhu Bank AD

 

हेटौंडा । मकवानपुर प्रहरीले विकट राक्सिराङ र कैलाश गाउँपालिकामा लगाइएको १३० बिघा अफिम र २८ बिघा १० कठ्ठामा लगाइएको गाँजा नष्ट गरेको छ ।

माघ १४ गतेदेखि १६ गते सम्म नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उक्त क्षेत्रमा लगाइएको अफिम र गााँजा नष्ट गरिएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरीले सबैभन्दा बढी राक्सिराङ गाउँपालिकाको वडा नम्वर ४, ६ र ७ मा ९५ बिघा अफिम र २८ बिघा १० कठ्ठामा लगाईएको गाँजा नष्ट गरेको छ ।

कैलाश गाउँपालिकाको वडा नम्वर ७ र ८ मा ३५ बिघामा लगाईएको अफिम नष्ट गरिएको प्रहरीले जनाएको छ ।

 

Prabhu Bank AD

सम्बन्धित खवर