वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
Prabhu Bank AD
काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई राज्यशक्ति दुरुपयोग गरी धम्की र दबाब दिने तथा पक्राउ गर्ने प्रयास भएको भन्दै पत्रकारसम्बद्ध संस्थाहरूले आपत्ति जनाएका छन् । उनीहरूले योजनाबद्ध रूपमा पत्रकारलाई निगरानी गर्ने प्रयास भइरहेको भन्दै खबरदारी गरेका हुन् ।

पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघसहित प्रेस चौतारी र प्रेस सेन्टरले सोमबार छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै प्रेस काउन्सिलका पूर्वअध्यक्ष समेत रहेका श्रेष्ठलाई पक्राउ गर्न खोजिएको भन्दै निन्दा गरेका हुन् ।

प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले जारी विज्ञप्तिमा जनआस्था साप्ताहिक र जनआस्था डटकममा प्रकाशित समाचारलाई आधार बनाएर गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनमा पत्रकार श्रेष्ठलाई धरपकड गर्ने र समाचारको स्रोत खुलाउन बाध्य पार्ने प्रयास भइरहेको दाबी गरिएको छ ।

WhatsApp-Image-2026-05-25-at-19.57.55-rotated-(1)-1779725683.jpeg
त्यस्तै, प्रेस सेन्टर नेपालका महासचिव मनोज घर्तीमगरले जारी गरेको विज्ञप्तिमा पत्रकार श्रेष्ठविरुद्ध सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट दुष्प्रचार र धम्की दिने काम भइरहेको उल्लेख छ ।

center-1779725706.jpg

Prabhu Bank AD

सम्बन्धित खवर