वि.सं.२०८३ जेठ १६ शनिवार
Dish Home Long Ad
जेन–जी आन्दोलन ः विचार, राजनीति र आचरणमा विचलनको परिणाम
Prabhu Bank AD

 

 

काठमाडौ । नेपालमा रहेका राजनीतिक पार्टीहरुमा सैद्धान्तिक, वैचारिक, राजनीतिक र आचरणमा देखिएका गम्भीर विचलनको परिणाम नै जेन–जी आन्दोलन हो । नेपाली कांग्रेस विपीको नीतिमा कहिल्यै हिडेन । नेकपा (एकीकृत माक्र्सवादी लेनिनवादी) कहिल्यै पनि माक्र्सवाद र लेनिनवादको वैचारिक थप्रदर्शनमा हिँडेन । नेकपा (माओवादी केन्द्र)ले कहिल्यै पनि उसले पार्टीको दस्तावेजमा लेखेजस्तो माक्र्सवाद–लेनिनवाद–माओवादको विचार र राजनीतिमा आफूलाई हिँडाएन । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएयताका १८ वर्षमा यी तीन पार्टीहरुले आलोपालो गरी एमालेले ५ पटक, कांग्रेसले ४ पटक र माओवादीले ४ पटक सत्ताको नेतृत्व गरे । तर कहिल्यै पनि आफूले दस्तावेजमा लेखेका, निर्वाचनताका घोषणापत्रमा बाचा गरेका र हाधिवेशनहरुबाट पारित गरेका नीतिका आधारमा न त पार्टी चलाए न त देश नै । यी तीन ठूला भनिएका पार्टीहरुले राज्यशक्तिको दोहन गर्ने, विदेशी शक्तिहरुको दलाली गर्ने र विचौलियातन्त्रको अभ्यासमा मदहोश भए । एउटा निर्वाचन जितेपछि फेरि अर्को निर्वाचनका लागि साउँ ब्याँजसहित असुल्ने आफ्नो सार्वजनिक अख्तियारको दुरुपयोग गरेर, भन्दा बाहेक अरु केही गरेनन् । कानून बनाएर, कानून संशोधन गरेर स्वेच्छारीरुपमा राज्यको ढिकुटीमा यी तीनै थरि पार्टीका नेता कर्ताहरुले ब्रम्हलुट मच्चाए । तर आम जनसर्वसाधारणको अवस्था दिनानुदिन नाजुक बन्दै गयो । यी तीनै थरिका पार्टीहरुमा सैद्धान्ति, वैचारिक तथा राजनीतिक र्टीहरुमा विचलन यस्तो रुपमा देखाप¥यो कि उनीहरु चुनावी गठनबन्धन समेत बनाएर परस्पर विपरीत विचार र राजनीति बाकेको पार्टीहरुले एकअर्काको पार्टीको चुनाव चिन्हमा समेत मतदान गर्न तयार भए– केवल सत्तास्वार्थका लागि । सत्तास्वार्थका लागि जे पनि गर्ने मनोवृत्ति बढेर गयो । पार्टीका नाम फरक भएपनि काम सबैको उस्तै, चिन्तन, सोच, प्रवृत्ति र आचरणमा कुनै फरक देखिएन । पार्टीको नाम, झण्डा र चुनावचिन्ह फरक भएपनि देश लुट्न र जनता ढग्ने सबैको धन्दामा जनताले कुनै फरक पाएनन् । परिणामतः जनताको असन्तुष्टी र आक्रोश चुलिदै गएको थियो । जुन भदौं २३ मा जेन–जी विद्रोहको रुपमा पटाक्षेप भयो ।
यी पार्टीहरुकै रोग अन्य नयाँ र पुराना, क्षेत्रीय र राष्ट्रिय भनिने पार्टीहरुमा स¥यो र तिनीहरुमा पनि यही रोग मौलाइरहेको थियो ।

आम जनसर्वसाधारण पाइलैपिच्छे ठगिने, लुटिने, विचौलियातन्त्रको आतंकमा बाँच्न विवश भए । कहिँ नभएको जात्रा हाँडी गाउँमा भनेझै संसदीय शासन प्रणाली अनुसार पनि ‘चेक एण्ड ब्यालेन्स’, शक्ति पृथकताको सिद्धान्त, कानूनी शासन, पारदर्शिता, जवाफदेहिता, सुशासन, प्रेस तथा विचार अभिव्यक्ति स्वतन्त्रता आदि सबै लोकतान्त्रिक मूल्यमान्यतालाई तीन ठूला दलको स्वार्थको पैतालामुनि दबाइयो । यहाँसम्म कि आफू भ्रष्टाचारको आरोपमा छानविनमा पर्ने डरले रातारात संसदका दुई ठूला शक्तिहरुले गठबन्धन गरेर सरकार नै आफूले चलाउन थाले । भ्रष्टाचारीहरुको खुल्लेआम संरक्षण गर्न थाले । व्यवस्थाका तीनवटै अङ्ग न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका भ्रष्ट, नालायक र निकम्मा साबित हुँदै गए । जसले जनतामा जनआक्रोश ह्वात्तै बढाउँदै लग्यो ।
जनताले अहिलेको राजनीतिक व्यवस्थाभन्दा अझ बढी जनमुखी राजनीतिक व्यवस्थाको विकल्पको खोजी गर्न थाले । तर अग्रगामी पक्षधर राजनीतिक शक्ति कमजोर थिए । उनीहरुले जनअसन्तुष्टी र जनओशको नेतृत्व गर्न सकिरहेका थिएनन् । तर प्रयासहरु तीव्र रुपमा अगाडि बढिरहेका थिए । यो परिस्थितिलाई अग्रगामी तथा क्रान्तिकारी शक्तिको हात र नेतृत्वमा जान नदिनका लागि देशी विदेशी प्रतिक्रियावादीहरुले आ–आफ्नै तयारी गरिरहेका थिए । क्रान्तिकारी शक्तिहरुले पहलकदमी लिनुभन्दा अगावै वैदेशिक शक्तिकेन्द्र, प्रतिगामी शक्ति र यथास्थितिवादी शक्तिहरुको समेत सुनियोजित षड्यन्त्रमा जेन–जी जनविद्रोहको आयोजना गरियो । र, अन्ततः जेन–जी विद्रोहलाई रअ र सिआइएले हाइज्याक गर्न पुगे । आफ्नो इशारामा चल्ने पपेट सरकार बनाउन उनीहरु सफल भए । स्थिति यसरी विकास भइरहेको छ कि जेन–जी विद्रोहपछि बनेको सरकार अझ बढी अपारदर्शी, निरंकुश र स्वेच्छाचारी हुने देखिएको छ । विहानीले दिनको संकेत गर्छ भनेझै सरकार बनेको दुई दिनमै तिनै जेन–जीहरुले सहिद परिवार र घाइतेहरुको उपचार र क्षतिपूर्तिका लागि आवश्यक ध्यान नदिएको भन्दै ‘नवनियुक्त प्रम सुशिाल कार्की’को राजिनामा माग्न थालिसकेका छन् । आगामी दिनमा नेपालमा अझ ठूलो अराजकता, अझ ठूलो विद्रोह पैदा हुने र देश अनन्तः द्वन्द्वमा फस्न सक्ने प्रचुर सम्भावनाहरु देखिएका छन् । देशमा न्यायपूर्ण र समानतामा आधारित शान्ति र स्थिरता कायम गर्न र देशको स्वाधीनता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षा गर्न सच्चा देशभक्त क्रान्तिकारी शक्तिबाहेक अरुबाट सम्भव छैन । तसर्थ, देश बचाउन र मुलुकमा न्याय र समानतामा आधारित दीर्घकालीन शान्ति स्थापना गर्न स्पष्ट विचार, राजनीतिक र संगठनमा आधारित देशभक्त क्रान्तिकारी शक्तिलाई बलियो बनाउनुको कुनै विकल्प छैन ।

Prabhu Bank AD

सम्बन्धित खवर