वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
यस्ता छन् मन्त्री कुलमान घिसिङले तत्काल अगाडि बढाउने पाँच योजना ?
Prabhu Bank AD

काठमाडौं । आज पदभार सम्हाल्दै ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र सहरी विकास मन्त्री कुलमान घिसिङले आफूले तत्काल पाँच योजना अगाडि बढाउने बताएका छन् । उनले न्यायको लडाइँ विद्यालय, अस्पताल, सार्वजनिक सम्पत्ति जलाएर जितिँदैनभन्दै भने, “यी सम्पत्ति सबै नेपालीका हुन्, विशेष गरी गरिब र युवाका आवाज उठाऔँ, तर सम्पत्ति बचाऔँ । तर, हिंसा होइन, समाधान हाम्रो बाटो हो । विध्वंस होइन, निर्माण हाम्रो अभियान हो। तर त्यसका लागि हरेक व्यक्ति, संस्था र सुरक्षा निकायदेखि सबैको साथ आवश्यक छ ।”
उनका यस्ता छन् तत्काल अगाडि बढाइने मुख्य कार्यहरू

१– सार्वजनिक संरचनामा पुगेको क्षति यकिन गरी पुनर्निर्माण कार्य तत्काल अगाडि बढाइने छ ।

२– पुनःनिर्माणका लागि ‘हाम्रा सार्वजनिक संरचना हामी आफैँ बनाउनेछौँँ’ भन्ने अभियान सञ्चालन गरिने छ । देश विदेशमा रहेका सम्पूर्ण नेपालीलाई पुनर्निर्माणमा सहभागी गराई अपनत्व लिने गरी सबैको साथ र सहयोगबाट पारदर्शी रूपमा पुनर्निर्माण कार्य अगाडि बढाइने छ ।

३– मन्त्रालय र यसअन्तर्गतका निकायभित्र हुने भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीमा शून्य सहनशीलता अवलम्बन गरिनेछ । यस्ता क्रियाकलाप सह्य हुनेछैन । कसैले त्यस्ता कार्य गरेको फेला परेमा तत्कालै कारबाही गरिनेछ । जेन जीले मुख्य रूपमा उठाएको भ्रष्टाचार नियन्त्रण र सुशासनलाई कडाइका साथ कार्यान्वयन गरिनेछ ।

४– कर्मचारी सरुवा, जिम्मेवारी प्रदान गर्ने लगायतका विगतमा सुनिएका अनियमिततालाई नियन्त्रण गरी सुशासन कायम गर्न उपयुक्त व्यक्तिलाई उपयुक्त जिम्मेवारी ९च्ष्नजत एभचकयल ष्ल च्ष्नजत एबिअभ० लाई कडाइका साथ लागू गरिनेछ । कसैप्रति पूर्वाग्रह र प्रतिशोध साँधिने छैन । तर, सुशासन र आफ्नो जिम्मेवारीलाई इमानदारीपूर्वक पूरा गर्न नसक्नेलाई तुरुन्तै जिम्मेवारीबाट हटाइने छ । असल नियत राखी ढुक्क भएर काम गर्न सबैलाई निर्देश गर्दछु ।

५– चालू रहेका ठुला पूर्वाधारका आयोजनाहरू तोकिएका समय र गुणस्तरमा निर्माण सम्पन्न हुन नसक्दा एकातर्फ मुलुकले ठुलो आर्थिक क्षति बेहोरिरहेको छ भने अर्कोतर्फ त्यस्ता आयोजनाबाट प्राप्त हुने लाभबाट नागरिक वञ्चित भइरहेको विडम्बनापूर्ण अवस्था छ । यसलाई चिर्न चालू अवस्थामा रहेका ठुला आयोजना निर्माण कार्यलाई तीव्रता दिइने छ भने रणनीतिक महत्त्व र रूपान्तरणकारी केही ठुला योजनालाई अगाडि बढाइने छ । प्राथमिकताको आधारमा आयोजना छनौट गरी परिणाम निक्लने गरी कार्य अगाडि बढाइनेछ । अहिले हाम्रा लागि हरेक सकेण्ड महत्त्वपूर्ण छ ।

उनलेभ भने, “यो समय खादा माला लगाएर तामझाम गर्नु होइन काम गरेर जेनजी पुस्ताले देखेको सपना साकार पार्ने हो । जसरी विगतमा यहाँहरूबाट हौसला, प्रेरणा, साथ र सहयोग प्राप्त हुँदा लोडसेडिङ अँध्यारोबाट मुलुकलाई मुक्त गर्न सक्यौँ त्यसैगरी अहिलेको विषम परिस्थितमा विगतको जस्तै साथ सहयोग प्राप्त हुने विश्वास लिएको छु । म प्रति यहाँहरूले देखाउनु भएको उक्त विश्वासको लागि जेन जीका भाइबहिनी सहित सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदीबहिनी प्रति कृतज्ञता छु ।”

Prabhu Bank AD

सम्बन्धित खवर