वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
एशियाली मापदण्डको ६ लेनको ६ किलोमिटर सडक उद्घाटन
Prabhu Bank AD

काठमाडौं । एशियाली मापदण्ड अनुसार बनाइएको ६ लेनको ६ किलोमिटर लामो सडकको उद्घाटन गरिएको छ । चितवनको नारायणगढदेखि गोन्द्राङसम्मको ६ किलोमिटरको सडकको उद्घाटन गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंह, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल र भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले संयुक्त रुपमा उद्घाटन गरे ।

सडक विस्तारको जिम्मा पाएको सगुन कन्स्ट्रक्सन प्रालिले सडक विस्तारको जिम्मा पाएको थियो। निर्माण कम्पनी सगुनले २८ महिनाभित्र काम सक्ने गरी २६ असोज २०७७ मा ठेक्का सम्झौता गरेको थियो। सुरुमा एक अर्ब १२ करोड रुपैयाँमा काम सक्ने गरी सडक विस्तारको सम्झौता भए पनि पछि लागत बढेर एक अर्ब ७६ करोड रुपैयाँ पुगेको थियो।

पहिले दुई लेन मात्रै रहेको सडकलाई विस्तार गरेर बीचमा चार लेन र दुवै साइडतर्फ थप ११ सर्भिस लेन थप गरिएको छ। ५० मिटर चौडाइ रहने ६ लेनको सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र बिजुली अन्डरग्राउन्ड गरिएको छ।

Prabhu Bank AD

सम्बन्धित खवर