वि.सं.२०८३ जेठ २० बुधवार
Dish Home Long Ad
मधेस प्रदेशका पूर्व प्रमुखविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी
Prabhu Bank AD

काठमाडौँ । मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा अहिराज बिरुद्ध पक्राउ पुर्जी जारी भएको छ । झा २०७७ फागुन ७ मा मधेशको प्रदेश प्रमुख नियुक्त भएका थिए ।

फौजदारी कसुरमा काठमाडौँ जिल्ला अदालतले उनीविरुद्ध पक्राउ अनुमति जारी गरेको हो । चैत २५ मा उनीविरुद्ध अदालतबाट पुर्जी जारी भएको जिल्ला अदालत काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

उनीविरुद्ध फौजदारी कसुरमा जाहेरी परेको भनिए पनि प्रहरीले औपचारिक रुपमा सो विषय सार्वजनिक गर्न अस्वीकार गरेको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर