वि.सं.२०८३ जेठ २० बुधवार
Dish Home Long Ad
अनलाइन व्यापार नियमन गर्न कानुनी व्यवस्था गरिँदै
Prabhu Bank AD

अनलाइनमार्फत हुने व्यापारलाई नियमन गर्न संसद्ले कानुन बनाउने तयारी अन्तिम चरणमा पुर्‍याएको छ । अनलाइन व्यापारलाई नियमन गर्न बनेको विधेयक आइतबार प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिबाट पारित भएको हो ।

सरकारले २०८० असारमा विधेयक राष्ट्रिय सभामा दर्ता गरेको थियो । गत कार्तिकमा विधेयक थप छलफलका लागि समितिमा पुगेको थियो । समितिले यसलाई प्रभावकारी बनाउने उपसमिति बनाएर छलफल गरेको थियो ।

समिति सभापति अब्दुल खानले अब बस्ने प्रतिनिधि सभाको बैठकमा संशोधित प्रतिवेदनसहित विधेयक जाने र पारित हुने जानकारी गराए । उनले भने, ‘हामीले यसलाई थप प्रभावकारी बनाउन ९ सदस्यीय उपसमिति बनाएर छलफल गरेका थियौँ । अबको संसद्ले यसलाई कानुनी रूप दिनेछ । इन्टरनेटमार्फत हुने सबै खालका व्यापार कानुनी दायरामा आउनेछन् ।’

Prabhu Bank AD

सम्बन्धित खवर