काठमाडौंमा भूकम्प महसुस भएको छ । केही समय भूकम्पको कम्पन गएको हो ।
भूकम्पको धक्काले काठमाडौंका नागरिकहरु सडकमा निस्किएका छन् ।
चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान चीन केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो।
केही समयदेखि पश्चिम नेपालमा पनि निरन्तर भूकम्प गइरहेको थियो ।

