वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
दैलेखमा एक हप्ता अघि घरबाट भागेका केटाकेटी मृत फेला
Prabhu Bank AD

दैलेखमा एक हप्ता अघि घरबाट भागेका केटाकेटी मृत फेला परेका छन् । मृत भेटिनेमा भगवतीमाई गाउँपालिका–४, मन्घर टोलका १७ वर्षीया शर्मिला थापा र १७ वर्षकै मानसिंह विक रहेका छन्।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख, डीएसपी सुनिल दाहालका अनुसार उनीहरू अघिल्लो शनिवार ९पुष १३ गते० घरबाट भागेका थिए ।

घरभन्दा केही टाढा पर्ने जङ्गलमा शनिवार मृत अवस्थामा भेट्टिएको उनले रातोपाटीलाई बताए । ‘दुईबिच प्रेम सम्बन्ध रहेको र घरबाट बिहे गर्न नदिएको होकि भन्ने प्रारम्भिक अनुमान गरिएको छ,’ उनले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’

उनीहरू उक्त वडामा रहेको कालिका माध्यमिक विद्यालयमा अध्ययनरत थिए । थापा ९ र विक १० कक्षामा अध्ययनरत थिए ।

Prabhu Bank AD

सम्बन्धित खवर