काठ्माण्डौ : दलित समुदायको हकअधिकार तथा राज्यमा पहुँच कायम गर्नका लागि शरीरमा जंजीर र खुट्टामा नेल लगाएर काठमाडौंको माइतीघरमा पाँच दिनदेखि सांकेतिक र शान्तिपूर्ण रुपमा विरोध जनाइरहेका दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गरेपछि विभिन्न सामाजिक संघ संस्था तथा अभियानहरुले उनको रिहाइको माग गरेका छन् ।
साझा जागरण अभियान, नेपाल, राष्ट्रिय दलित मुक्ति जागरण अभियान, राष्ट्रिय मुसहर संघ, नेपाल राम समाज, नेपाल पासवान संघ र नेपाल राष्टिय« खत्वे समाज लगाएका विभिन्न सामाजिक संघ संस्था तथा अभियानहरुले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरि घट्नाको घोर विरोध गरेका हुन् ।
उनीहरुले दलित समुदायमाथि जात, धर्म र परम्पराको नाउमा चरम विभेद, दमन, शोषण र उत्पीडितन हुँदै आएको भन्दै सम्पूर्ण दलित समुदाय लगाएत सिमान्त समुदाय एकजुट भएर संघर्ष गर्न समेत आह्वान गरेको छ । त्यसैगरि पक्राउ परेका सुनारलाई अविलम्ब रिहा गर्न र उनले उठाएका महत्वपूर्ण दलितका समस्यालाई अबिलम्ब सम्बोधन गर्न पनि माग गरेको छ ।

