सप्तरी । नेपालको राजनीतिक आन्दोलनमा फरक राष्ट्रिय छवि बनाउन सफल भएका राजेश विद्रोहीलाई सप्तरी क्षेत्र ४ बाट चुनाव जिताउन जनस्तरबाट गाउँगाउँमा युवा तथा बुजुरुकहरुले चुनावी टिम निर्माण गरेका छन् ।
हरेक जातीय समुदायमा राम्रो पकड र विश्वास रहेको विद्रोहीलाई संसदीय चुनाव जिताउन जनताहरु नै गाउँघरबाट सक्रिय हुन थालेको छ । खडक नगरपालिकाका स्थानीय युवा राकेश चौधरी भन्छन्, ´विद्रोहीको राष्ट्रिय छविलाई हामी जनताले पनि उपयोग गर्नु पर्छ । यसका लागि चुनाव जिताउने हो ।` उनी थप्छन्,´हामी एउटा भोट मात्र माग्छौ । अरु भोट जसलाई दिएपनि खरिदबिक्री गरेपनि हामीले स्वतन्त्र छोडेका छौं ।`
सुरुंगा नगरपालिकाका मोहन पासवान भन्छन्, यसपटक जसरी पनि राजेश विद्रोहीलाई जिताउनु पर्छ । भोट अब नेतालाई होइन बेटालाई दिनुपर्छ । पार्टी र नेतालाई भोट दिएर उनीहरू अहिलेसम्म केही गर्न सकेन । त्यसैले राजेश विद्रोही जस्ता युवा बेटालाई यसपटक भोट जान्छ । पुरानोलाई भोट दिँदैन जनता नभए फेरि दुख्छ पाउँछन् पाँच वर्षसम्म । त्यसैले भोट दिन हामी गल्ती गर्ने छैन् ।
पटकपटक भोट दिएका पार्टी र नेताले केही गर्न नसकेपछि जनताले राम्रो स्वतन्त्र उमेदवारहरुलाई देशैभर छानीछानी चुनाव जिताउने लहर चलेपछि यतिबेला पार्टी र नेताहरूमा खलीबली मचेको छ । त्यही डरले फरक पार्टीहरु बीचमा डरले धमाधम गठबन्धन गरेर राजतन्त्र जस्तै कुर्सीमा आफूहरू मिलेर मात्र बस्ने योजना बनाएको छ । तर जनताले भने पार्टी र पार्टीको उमेदवारहरुलाई यसपटक कसैले पनि भोट नदिने पक्षमा देखिएका छन् । जनताले पनि आफ्नो ठाउँमा काठमाडौंको बालेन साह र धरानको हर्क राई जस्तै युवाहरूलाई चुनावमा भोट दिएर आफ्नो ठाउँको इतिहास कायम गर्ने पक्षमा देखिन्छन् । गाउँ घरका कुरा सुन्दा सप्तरी ४ मा संघमा १ प्रदेशमा २ समानुपातिकमा १ गरी ४ ठाउँमा जनताले भोट खसाउने छन् । ४ मध्ये १ भोट राजेश विद्रोहीलाई अनिवार्य गरिएको छ ।

