हिजो जुन समाचार भारतबाट हामीलाई प्राप्त भएको छ, त्यो समाचार अंग्रेजहरुको लागि ज्यादै नराम्रो र धम्कीपूर्ण आभासयुक्त छ, यद्यपि यसलाई अर्को स्तम्भमा हेर्न सकिन्छ, लण्डनका हाम्रा तेज संवाददाताहरुले यसलाई अर्कै किसिमले हेरेका छन् । दिल्लीबाट जुलाई २९ सम्मको विवरण हामीलाई प्राप्त छ र यस सम्बन्धमा पछिल्लो विवरणमा उल्लेख थियो– हैजाको प्रकोपको परिणामस्वरुप घेराउ गर्ने फौज दिल्लीभन्दा अगाडि नै थकाई मार्ने बाध्य भयो र आगारामा डेरा हाल्न पुग्यो । यो कुरा सत्य हो यसको विवरणलाई लण्डनमा कुनै पनि पत्रिकाले मानेका छैनन्, तर हामी के यसलाई केही मात्रामा काँचो मान्न सक्छौ । तर सबै भारतीय लेखापढीबाट हामी के थाहा पाउन सक्छौ भने घेराउ गर्ने फौजहरु १४, १८ र २३ जुलाईको धावामा नराम्ररी परास्त भएका छन् । ती अवस्थामा विद्रोहीहरुले सदाको भन्दा ज्यादै गैरजिम्मेवार प्रबलताका साथ लडे र उनीहरुसँग भएको उच्च दर्जाको गोला–बन्दुकको फाईदा पनि उनीहरुको पक्षमा थियो ।
“हामी गोली ठोकिरहेका छौ,” एकजना ब्रिटिश अधिकृत लेख्दछन्, “हाम्रो १८ पौैण्ड र ८ इन्चीको हाउतसर तोपको बदलामा विद्रोहीहरु २४ र ३२ ले जवाफी हमला गरिरहेका छन् ।” “अठारौं धावामा,” अर्काे चिठ्ठीले बताउँछ, “जसलाई हामीले सामाना गर्नु पर्ने थियो, हामीले आफ्नो एक तिहाई संख्या मारिए र घाइते भएर गुमाएका छौ ।”
हाम्रो सुदृढीकरणको आशा जनरल वान कार्टेल्याण्ड जनरल हेमलकको मातहतमा रहेको जुन सिक्खको एउटा टुकडी थियो, जसले धेरै सफल लडाईहरु लडिसकेको थियो, तत्कालको लागि लखनउको राहतको कार्य स्थगित गरेर कानपुरमा पछि हट्न बाध्य भएको थियो । त्यही बेला “दिल्ली पुग्नुअगाडि भारी वर्षा” शुरु भएको थियो, अवश्यमेव यसले हैजाको प्रकोपलाई झन् बल थप्दथ्यो । प्रायः चिट्ठीहरुले बताउँथे– आगारामा लडाईबाट सेना फिर्ता बोलाउन केही समयको लागि आगारामा लिएर विश्राम र कार्य स्थगन कमसेकम महान् मुगलहरुको राजधानीलाई खुम्चाउने प्रयास थियो, त्यसो भए शीघ्र नै सत्य प्रमाणित हुनुपर्दथ्यो, यदि यस्तो अगाडि नभएको भए । गङ्गा सीमारेखाको मुख्य चाख जनरल हेमलकको सैन्य कारवाहीको थियो । जसको फाइदा फत्यपुर, कानपुर र विथुरमा मिलेको थियो । त्यसलाई हाम्रा समकालीन लण्डनका मित्रहरुले ज्यादै बढाइचढाइ गरी प्रशंसा गरेका थिए । जस्तो हामीले माथि उल्लेख गरेका छौं, कानपुरबाट पच्चीस माइल अगाडि बढिसकेपछि, उनले आफैंलाई त्यो ठाउँमा पछि नहटाई सुखै थिएन कारण आफ्ना बिरामीहरुलाई एकत्र गर्नु थियो र शक्ति सुदृढ गर्न कुर्नुपर्ने थियो । पश्चातापको यो ठूलो कारक तत्व छ– कारण लखनउको बचाउको प्रयास विफल भइसकेको छ । त्यस ठाउँमा बेलायती सैन्यको एउटै आशा थियो, नेपालबाट जंगबहादुरले उनीहरुको राहतको निमित्त पठाएको ३००० गोर्खाली फौजको बल । यदि उनीहरु आक्रामणमा विफल भए भने कानपुरको जस्तो नरहत्या लखनउमा फेरि दोहोरिने जस्तो थियो । यतिले मात्रै होइन । विद्रोहीहरुले लखनउको दुर्गको कब्जा, फलतः अवधमा तिनिहरुको शक्ति सञ्चयले दिल्ली–विरुद्धको ब्रिटिश सैन्य कारबाहीको हुनसक्ने दिशामा धम्की हुने थियो र बनारसका झगडालु फौजको सन्तुलन र विहारको सारा जिल्लामा पनि । कानपुरको आधाजसो महत्व उदाङ्गिने थियो र दिल्लीसँग यसको सञ्चारसम्पर्कमा एकातिर खतरा आउने सम्भावना थियो र अर्कोतिर बनारससित विद्रोहीहरुले लखनउको दुर्गमा कब्जा जमाएपछि त्यस क्षेत्रबाट आउने समाचार जान्न झन् कष्टकर उत्सुकतालाई बढाउँथ्यो । ६ महिनासम्म अनिकालको भत्ता खाएर १६ जुनमा आक्रमणकारी सैन्यहरुले आफूले खप्न सक्ने क्षमताको अन्दाज गरे । खबर आउने अन्तिम दिनसम्म यीमध्ये ५ हप्ता गुज्रिसकेको थियो । अब त्यहाँ पुग्ने चिजमा मात्रै सबै कुरा निर्भर गर्छ, तर अझै नेपालबाट थप बल आउने कुरा निश्चित थिएन ।
लखनउको सम्बन्धमा, ज्यादै उदासिन पूर्वदृष्टिलाई भरखरै प्राप्त चिठीहरुले अब यकिन गरिसकेका छन् । हेमलोक फेरि कानपुरमा पछि हट्न बाध्य भएका छन्, नेपालको मैत्री फौजबाट राहत पाउने सम्भावना केही थिएन र अब हामीले यो सुन्ने अन्दाज गर्नुपर्छ कि अब त्यो ठाउँ अनिकाल र त्यसका बहादुर रक्षकहरु उनीहरुका स्वास्नी तथा बच्चाहरुसहित पक्राउ पर्नेछन् ।
साभार :
The first Indian War of Independence (1857-1859)
–Karl Marx, Progress Publishers, Moscow, Fifth Printing 1978

