काठमाडौं । सप्तरीको सुरुंगा नगरपालिका – १० को सिस्वा थलहा गाउँमा रहेको श्री जनता राष्ट्रिय प्राथमिक विधालयमा ६ लाख भन्दा बढी रकम प्रधानाध्यापकले भ्रष्टाचार भएको खुलेको छ ।
विपन्न तथा निम्न वर्गका बच्चाहरुको लागि आउने खाजा भत्ता लगायतका विभिन्न शिर्षकको रकम प्रधानाध्यापक अनिशा कुमारी यादवले ६ लाख २ हजार ८ सय ९९ सय रुपैया अनियमितता गरेको स्थानीयहरुले जनाएको छ ।
२०८९ आउन २२ गते नै विधालय व्यवस्थापन तदर्थ समितिको म्याद समाप्त भइसकेको छ । तर नयाँ समिति बनाउन आलटाल गर्दै आएको छ । यो बीचको मौका छोपेर प्रअले स्कुलको खातामा रहेको विभिन्न शिर्षकको रकम आफ्नो अधिकार भएको भन्दै निकालिएको बताएको छ । तर खर्च भएको देखिदैन । यो कुरा स्थानीयहरुले थाहा पाएपछि खोजबिन सुरु गरेको छ । अभिभावकहरुले बैठक बोलाए पनि प्रअले राजनीतिक शक्ति देखाई रहेको आरोप लक्ष्मी मुखियाको छ ।
लक्ष्मी मुखियाकै हस्ताक्षर रहेको निवेदन जिल्ला, पालिका र वडा कार्यालयमा उजुरी परेको छ । उजुरीमा भनिएको छ ´विधालयको हिनामिना रकम स्कुलको खातामा जम्मा गराई दिन हुन समेत सम्बन्धित निकायलाई आग्रह छ । भ्रष्टाचारीलाई कार्वाहीको साटो यसरी अभिभावकले अनुरोधलाई समेत प्रअले अटेर गर्नु स्थानीय स्तरमा शिक्षक, अभिभावक र विधार्थी बीचको शैक्षिक सम्बन्ध कस्तो होला । र, कस्तो सुधार उन्मुख होला आफै अनुमान गर्नुस्, एक स्थानीय बुद्धिजीवीको तर्क हो । यस विषयमा प्रअसँग सम्पर्क गर्न खोजदा फोन सम्पर्क हुन सकेन ।

