कटारी / उदयपुरको कटारी बजारबाट कटारी- १३ मयंखु जाँदै गरेको बोलेरो दुर्घटनामा परेको छ । आज दिउँसो मयंखु जाने क्रममा कटारी–४ अड्डा कुनामा प्र.२–०१–००१ च ०२४३ नम्बरको बोलेरो दुर्घटना हुँदा ९ जना गम्भिर घाइते भएका छन् ।
घाइतेको कटारी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि धरान स्थित बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरुमा कनपा–८ बस्ने बर्ष २२ को मनोज ठकुरी टाउको र ढाडमा चाेट लागेकाे छ । अन्य घाइतेहरुमा ५५ की उर्मिला ठकुरी, कृष्ण बहादुर बुढाथोकी, २० बर्षि राज ठकुरी , कटारी १३ बस्ने ३१ बर्षको हिरा खड्का, कटारी ११ को १८ बर्षको दिबस बस्नेत, ५० बर्षको इन्द्र बहादुर मगर ,कटारी ४ मरुवा खानीका २२ बर्षको दिपेश कोइराला, इटहरी महानगर पालिका ४ बस्ने ५० बर्षको निर्मल भुजेल रहेका छन् । चालक भने फरार रहेका छन् । तीव्रगतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

