सन् १८१६ मा अक्टरलोनीको एक्लो कमाण्डको १७,००० सेनाद्वारा सुरु गरिएको तेस्रो प्रयासमा मात्र नेपालसँगको युद्धको अन्त्य भयो । अक्टरलोनीले गोर्खालीलाई जैथकमा र फेरि मलाउँको निर्णायक युद्धमा परास्त गरे । जर्नेल अमरसिंह थापा अन्तिम चरणमा मारिने वीर योद्धामध्ये चार वर्षको मेकपिस थाकरेको काका २६ नेटिभ इन्फ्यान्ट्रीको लप्टन थामस थाकरे पनि मारिएका थिए । अंग्रेजहरुले आफ्ना शत्रुहरुको ठूलो प्रशंसा गरे र मलाउँको गोर्खालीहरुको आत्मसमर्पणपछि अमरसिंहलाई आफ्ना हातहतियार तानामाना, निशानहरु, दुईवटा बन्दुकहरु र आफ्ना निजी पोकापन्तरा सबै लिएर हिँड्न अनुमति दियो । आत्मसमर्पण समारोह संसारको यस भागमा बिरलै किसिमको आत्मसमर्पण थियो ।
नेपालीहरुलाई शान्तिको लागि आव्हान गर्न बाध्य तुल्याइयो र ४ मार्च १८१६ मा सुगौली सन्धि भयो (रक्सौलबाट करिब २० माइल पर रहेको हाल त्यति महत्व नभएको सानो रेल जक्सन) । नेपालले कुमाउँ, गढवालको साथै तराईको होचो भूभाग पनि त्याग्नुप¥यो । सन्धिको एउटा धाराले के भनेको छ भने अंग्रेज अधिकारीहरुको स्वीकृतिबेगर कुनै पनि अंग्रेज, युरोपेली अथवा अमेरिकालीहरुले नेपालमा काम गर्न सक्ने छैनन् । यस प्रावधानलाई नेपाली दरबार (सरकार)ले सजिलै स्वीकृति दियो । किन कि तिनीहरु विदेशीहरुलाई अविश्वास र घृणा गर्दथे । र, यस सन्धिको सबभन्दा घृणित धारा थियो– नेपालमा अंग्रेज राजदुत राख्न स्वीकृति दिनु ।
सुगौली सन्धिको सबभन्दा अचम्मलाग्दो र सम्भवतः महत्वपूर्ण धारा के थियो भने अंग्रेजहरुलाई आफ्नो सेनामा नेपाली जनतालाई भर्ती गर्ने अधिकार दिइयो । वास्तवमा अंग्रेजहरुले आफ्नो नेपाली शत्रुको प्रशंसा गर्नुको मतलब के थियो भने युद्धको अन्त्य भइसकेपछि मात्र गोर्खालीहरुलाई आफ्नो फौजमा भर्ती गरौला भनी पर्खन सकेनन् । साँच्चै भन्नुपर्दा गोर्खालीहरुका चारवटा बटालियनहरु त गठन गरी नै सकियो– तीनवटा बटालियन त आजसम्म पनि छँदैछ ।
फिलिप मेसनले बेलायतको भारतीय सेनाको ‘सम्मानको कुरा’ उत्कृष्ट इतिहासमा के लेखेका छन् भने नेपालयुद्ध विरलै युद्धहरुमध्ये एक थियो, जसले “एक अर्काप्रति बढ्दो सम्मान जनाएको थियो ।” कलुंगामा अंग्रेजहरुले युद्धपति स्थापना गरेका दुईवटा अग्ला ढुंगे स्मारक स्तम्भहरु आजसम्म पनि छँदैछ । एउटा चाहिं जर्नेल रालो जिलेस्पी र उनका मृत अंग्रेज र भारतीय सैनिकहरुको सम्झनामा राखिएको थियो । अर्को चाहिं तिनीहरुको बहादुर शत्रुहरुको सम्मानमा राखिएको थियो, जसमा के लेखिएको थियो भने “तिनीहरु लड्दा साँच्चै नै पुरुषार्थले लडे र वास्तविक लडाईको बीचबीचमा हामीप्रति यथोचित शिष्टचार देखाउँदै गरे ।” अंग्रेजहरु र मंगोलजातिका होचा पर्वतेहरुको बीचमा प्रेमभाव प्रादुर्भाव भयो । यो प्रेमभाव लामो समयसम्म रहँदै आएको छ ।

नेपालविरुद्धको लडाईमा अनरवेल इष्ट इण्डिया कम्पनीको तर्फबाट लड्नुभन्दा पहिला मरहठ्ठाहरुको सेनामा सेवारत भाग्यमानी क्याप्टेन हेरसे गोर्खालीहरुलाई कम्पनीमा भर्ना गर्नुपर्छ भन्ने सिफारिस गर्नेहरुमध्ये पहिलो व्यक्ति थिए ः ‘तिनीहरु बहादुर छन्, दुःखकष्ट, अभाव सहन सक्छन् र धेरै आज्ञाकारी छन्, जातपातमा त्यत्ति साह«ो कट्टर छैनन् र गाईको मासुबाहेक अरु सबथोक खाने छुवाछुट नर्गे हिन्दुहरु हुन् । हाम्रो सरकारमा तिनीहरु उत्कृष्ट सैनिक हुन सक्नेछन् ।’

अक्टरलोनीले पनि आफूले लडाइँ गर्दागर्दौ पनि गोर्खालीहरुलाई भर्ना गर्नुपर्छ भनी सिफारिस गरेका थिए । परिणामस्वरुप अनियमित सेनाहरुबाट केही रकम उठाउन अनुमति दिइयो र छैटौं नेटिभ इन्फ्यान्ट्रिका लप्टन रबर्ट रोस र तेह«ौं इन्फ्यान्ट्रीका लप्टन फ्रेडरिक यङ्गले कुमाउँ, गढवाल र भारतका अन्य ठाउँका गोर्खाली नबोले तापनि गोर्खालीसँग मिल्दोजुल्दो मासिनहरुको एउटा पल्टन खडा गरे । ऐन मौकामा तिनीहरु अविश्वासनीय सिद्ध भए ः नेपाली सेनालाई पहिलो पल्ट देख्नेबित्तिकै यङ्गका सेनाले उनलाई छाडिदिए र भाग्न नमानेको यङलाई हिरासतमा लिए । रिसले दाह«ा किट्दै गोर्खालीहरुले उनलाई किन नभागेको भनी सोधे । यङ्गले आफू भाग्न आएको होइन भनी जवाफ दिए । उसलाई समात्नेहरुले यो तर्कसंगत कुराको प्रशंसा गरे र भने ः “हामीले तपाईं जस्तो मानिसको मातहतमा सेवा गर्न सक्छौं ।” यङ्गलाई राम्रै व्यवहार गरियो र थुनामा बस्दा उनले गोर्खालीहरुको भाषा, चालचलन, रीतिथितिको बारेमा केही सिके । उनले जति जति सिक्दै गए, उतिनै धेरै तिनीहरुको प्रशंसा गरे ।
२४ अप्रिल १८२५ मा गर्भनर जर्नेलले पहिलो गोर्खाली पल्टन गठन गर्ने अधिकार दिए । लप्टन योङ युद्धबन्दीहरुको शिविरमा गए र खुशीले भावविभोर भई उनले लेखेका छन्, “म एकजना मात्रै त्यहाँ गएँ र ३००० जना साथी लिएर फर्केँ ।” उनले देहरादूननजिकै सरमूरमा यी स्वयम्सेवकहरुको एउटा बटालियनको गठन गरे र उक्त बटालियनको पहिलो कमान्डेन्ट बने । यस बटालियनको नाउँ सरमूर बटालियन राखियो र परिणामस्वरुप दोस्रो राजा एडवार्ड छैटौंको निजी गोर्खा राइफलको रुपमा राखियो । यङ्ग सरमूर बटालियनको कमाण्डर भई अठाइस बर्षसम्म काम गरेका उनलाई नै गोर्खाली सेनाको बाहिनीको जनक मानिएको छ । सिमला पहाडको सुवाथुमा नासिरी (मित्रवत्) नामको दुई वटा बटालियन गठन गरिए । यी दुवैलाई मिलाएर पछि एउटै गोर्खा राइफल नामाकरण गरियो । फेरि सन् १८१५ मा कुमाउँको अल्मोडामा अर्को बटालियनको गठन गरियो, जसलाई पछिबाट तेस्रो गोर्खा भनियो । प्रत्येकमा १२० जना सैनिक भएको आठ कम्पनीसहित गोर्खा बटालियनको गठन गरियो ।
(केही विदेशी पुस्तकमा नेपाल र नेपालीबाट)

